दुई वर्षसम्म पनि पुल नबन्दा डुङ्गाबाट वारपार गर्न स्थानीय बाध्य
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । धनुषा तथा सिरहा जिल्लालाई जोड्ने हुलाकी राजमार्गको कमला नदीको पुल निर्माण सम्पन्न नहुँदै भाँसिएको करिब दुई वर्ष बित्दा पनि मर्मत नभएका कारणले स्थानीय बासिन्दा डुङ्गा प्रयोग गरी वारपार गर्न बाध्य छन् ।

२०७८ असार १६ गते आएको बाढीका कारणले निर्माण सम्पन्न भएर उद्घाटनको तयारी रहेको पुलको सिरहा तर्फका चार पिलर भासिएका थिए ।स्थानीय बासिन्दा तथा मोटरसाइकललाई कमला नदी वारपार गराउन चार वटा डुङ्गा प्रयोग भइरहेका छन् । ढुङ्गाका चालकहरूले प्रति मोटरसाइकल ५० रुपैयाँ लिँदै आएकोमा जिल्ला विपत् व्यवस्थापन समिति धनुषाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल नेतृत्वका सुरक्षाकर्मीहरूले भाडा ३० रुपैयाँ मात्र लिन दिएको निर्देशनप्रति ढुङ्गा चालकहरू सहमत भएका छन् ।हालै धनुषामा आउनुभएका संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पुलको स्थलगत अनुगमन गरी मर्मत तत्काल गर्न पहल गर्ने बताउनुभएको छ ।साभार : रेडियो नेपाल
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
11 घन्टा पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
11 घन्टा पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
1 दिन पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
1 दिन पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
3 दिन पहिले