Janakpurdham
Wed, Mar 25, 2026
`

आरजुको गुनासो- शरणार्थी प्रकरणमा ममाथि मिडिया ट्रायल गरियो

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गरेकी छन् ।मंगलबार बिहान नेपाली कांग्रेस मधेश प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सूचना र सञ्चारको युगमा मिडियाको भूमिका महत्वपूर्ण हुने भए पनि कहिलेकाहीँ मिडिया ट्रायलको नाममा व्यक्तिमाथि आक्रमण हुने स्थिति चिन्ताको विषय भएको टिप्पणी गरिन् ।‘कहिलेकाहीँ मिडियाबाट आक्रमण पनि हुन्छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ममाथि पनि त्यही भयो । यस प्रकरणमा सयौं टेपमध्ये एउटामा मेरो नाम लिइएको रहेछ । त्यसैलाई उछालियो । टेपमा बोल्ने व्यक्तिले समेत उहाँलाई चिन्दिन र बोल्न लगाइएको हो भन्दाभन्दै पनि ममाथि मिडिया ट्रायल गरियो ‘, आरजुले भनिन् ।यस्ता मुद्दामा पार्टीले प्रतिरक्षाको रणनीति बनाउन जरुरी रहेको उनको जोड थियो ।कांग्रेस र कांग्रेसका नेताहरूले गरेका कामको प्रचारप्रसार नहुँदा जनतामा राम्रो सन्देश नगएको भन्दै डा. राणाले मधेश प्रदेस नेतृत्वले सरकार र पार्टीमा रहँदा गरेका राम्रा कामको प्रचारप्रसारका लागि मिडिया रणनीति बनाउन जरुरी रहेको बताइन् ।साभार : नेपाल प्रेस

`
12 comments
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

9 घन्टा पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

9 घन्टा पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

1 दिन पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

1 दिन पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

2 दिन पहिले