मधेशमा खडेरीः धनुषा र महोत्तरीलाई सुख्खा क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । पर्याप्त वर्षा नभएपछि धान रोपाइँ न्यून भएकाले सुख्खा क्षेत्र घोषणा गर्न जिल्ला विपद् व्यवस्थापन समिति धनुषा र महोत्तरीले सरकारलाई सिफारिस गरेको छ ।विपद् व्यवस्थापन समितिको निर्णयअनुसार जिल्लालाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन गृहमन्त्रालयमा सिफारिस पठाएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए ।उनले भने, ‘किसानको अवस्था नाजुक छ । वर्षा भएन । सिँचाइ नहुँदा मात्र ३०/३५ प्रतिशत रोपाइँ भयो । त्यो पनि सुक्न थालेको छ । त्यसैले सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिनुपर्ने देखिएको छ ।’सुख्खा क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस पठाएको र घोषणा भइसकेपछि किसान राहत पाउने बताए । उनकाअनुसार जिल्लामा खानेपानीको पनि समस्या भएको छ । वाटर लेभल तल गएपछि चापाकल, इनार र डिप बोरिङहरू पनि सुक्न थालेको अवस्था छ ।‘कतिपय ठाउँमा ट्यांकरले खानेपानी पुर्याउनुपर्ने अवस्था सृजना भएको छ’, प्रजिअ दाहालले भने, ‘यसका लागि सम्बन्धित पालिकालाई भनेका छौं । प्रदेश सरकार पनि सहयोग गर्छ । जहाँ खानेपानीको समस्या भएको छ, त्यहाँका पालिकाले ट्यांकरले भएपनि पानी पुर्याउँछ ।’कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख राम यादवले जिल्लालाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिनुपर्ने निर्णय जिल्ला विपद् व्यवस्थापन समितिले गरेको जानकारी दिए ।‘हिजो बसेको समितिको बैठकले सुख्खा क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ’, उनले भने, ‘हिजो बैठक ढिलो गरी सकियो । त्यसैले समितिको अध्यक्ष सीडीओ साहेबले आज संघ र प्रदेश सरकारलाई सिफारिस पठाउनुहुन्छ ।’महोत्तरी र धनुषामा मात्र होइन्, मधेशभरका किसान यसवर्ष संकटमा छन् । पर्याप्त वर्षा नभएपछि किसानहरू धान रोप्न पाएनन् । अधिकांश खेतीयोग्य जमित बाँझै रहेको छ ।नेकपा एमाले मधेश प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक लखन दासले पनि मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै प्रदेशलाई सुख्खा क्षेत्र घोषण गरी किसानलाई राहत दिन माग गरेका छन् ।साभार : नेपाल प्रेस
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
7 घन्टा पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
7 घन्टा पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
1 दिन पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
1 दिन पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
2 दिन पहिले