गोगल प्रसाद नमुना मा.वि.ले मनाए ७३ औँ वार्षिकोत्सव
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
राहुल कुमार सिंह,
जनकपुरधाम ।सामुदायिक विद्यालयहरुमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल जनकपुरधाम उपमहानगरपालिका वडा नं. २४ बसहियास्थित गोगल प्रसाद नमुना माध्यमिक विद्यालयले स्थापनाको ७३ औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । वृक्षारोपण , खेलकुद र अतिरिक्ति क्रियाकलाप गरेको विद्यालयले शनिवार भव्य समारोहकाबीच विद्यालयको वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत तथा उत्कृष्ट शिक्षक एवं अभिभावकलाई सम्मानित गरिएको थियो । पुरस्कृत र सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि एवं जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहले पुरस्कार एवं प्रमाणपत्र प्रदान गरेका थिए ।
नगरप्रमुख साहले विद्यालयको भौतिक र शैक्षिक उपलब्धिको प्रशंसा गर्दै अझै राम्रो गर्दै जाने विश्वास व्यक्त गरे । कार्यक्रममा अभिभावक, समाजसेवी, विभिन्न संघ संस्थाका प्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
विद्यालयमा अंग्रेजी र नेपाली दुबै माध्यममा अध्ययन अध्यापन हुँदै आएको विद्यालयका प्रधानाध्यापक महावीर दासले बताएका छन । विगत केही वर्षदेखि इन्जिनियरङ विषयको समेत अध्ययन अध्यापन भइरहेको छ । कतिपय सामूदायिक विद्यालयमा विद्यार्थीको अभाव खट्किएको अवस्थामा यस विद्यालयमा भर्ना हुन चाहने विद्यार्थीलाई स्थान अभावमा भर्ना गर्न समस्या भएको विद्यालयका शिक्षक एवम् सुचना अधिकारी अनिल कर्णले जानकारी दिएका छन ।
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
7 घन्टा पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
7 घन्टा पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
1 दिन पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
1 दिन पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
2 दिन पहिले