Janakpurdham
Wed, Mar 25, 2026
`

प्रशिक्षणबाट महिला जनप्रतिनिधिको नेतृत्व विकास भएको छ : मल्लिक

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, साउन २२ गते ।निर्वाचित महिला जनप्रतिनिधिहरुलाई माण्डवीले विभिन्न चरणमा दिदै आएको प्रशिक्षणले उनिहरुको नेतृत्व विकास भएको निर्वाचित महिला जनप्रतिनिधि संजाल धनुषाका सचिव तथा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० का महिला सदस्य नितु मल्लिकले बताउनु भएको छ । निर्वाचित भएपछि खासै जानकारी नभएपनि माण्डवीले दिदै आएको प्रशिक्षणले आफुहरुले गर्नुपर्ने काम तथा बजेटलाई कसरी लैँगिक उत्तरदायि बनाउने, आफ्ना कुरा कसरी आम जनमानसमा राख्ने , सामाजिक संजालमा हुने गरेको महिला बिरुद्ध हुने दुष्प्रचार तथा द्वेषपुर्ण अभिव्यक्तिबाट कसरी बच्ने लगायतका विषयमा स्पष्ट भएको बताउदै अब महिला जनप्रतिनिधिहरुले मेयर संग समेत विभिन्न विषयमा जिज्ञासाहरु राख्न थालेको बताउनु भयो । गत विहिबार शि लिड्स मध्यवर्ती प्रशिक्षणको पहिलो मोड्युलको जनकपुरधाममा सम्पन्न भएको प्रशिक्षणका क्रममा सहभागी भएका जनकपुरधाम उपमहानगरपािलकाका मेयर मनोज साहलाई उहाँकै महिला वडासदस्यहरुले जनताको विभिन्न प्रकारको समस्या समाधानका लागि प्रश्न गरेका थिए । महिला जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै मेयर साहले वडा अध्यक्षले नगरेका कामहरु महिला सदस्य भएर पनि गर्न सकिने बताउदै समस्या समाधानका लागि छलफल गर्न आग्रह पनि गर्नुभएको थियो । समापन सत्रमा बोल्दै माण्डवीका अध्यक्ष अञ्जु झाले निर्वाचित भएर आए देखि अहिलेको समय सम्म महिला वडासदस्यहरुमा नेतृत्व विकास भएको बताउदै अहिलेका महिला नेतृत्वलाई अगामी चुनावमा कसैको दयाले नभई आफ्नो कार्यक्षमताले टिकट पाउने उद्देश्य रहेको जानकारी दिनुभयो । जनकपुरधाम उपमहानगपालिकाका विभिन्न वडाका २६ जना महिला जनप्रतिनिधिहरुलाई प्रशिक्षक द्वय बिजी घिमिरे तथा सम्झना बर्माले सहभागी महिला जनप्रतिनिधिहरुलाई दुस्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति,तथ्यांक संकलन, अध्यावधिक तथा व्यवस्थापन, नैतिकवान नेतृत्व तथा समस्याको विश्लेषणका विषयमा तीन दिन सम्म प्रशिक्षण दिनुभयो । यो प्रशिक्षण पछि सहभागीहरुले आ–आफ्ना वडामा कार्यसम्पादनको क्रममा यसको प्रयोग गर्ने माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । शी लिड्स तालिमको मध्यवर्ती प्रशिक्षणको पहिलो मोड्युलले महिला वडा सदस्यको नेतृत्व भूमिकालाई निरन्तरता दिदै, महिला वडा सदस्यंको आत्मविश्वास र नेतृत्व सीपलाई अझ निखार्दै नैतिकवान, समस्या विश्लेषण, तथ्यांक विश्लेषण लगायतका विषयमा आफ्नो भूमिकालाई बढी प्रभावकारी ढंगबाट निर्वाह गर्नका थप सीप र ज्ञानको विकास गर्न सहयोग पु¥याउने प्रशिक्षकको भनाई छ ।प्रशिक्षणको समापन सत्रमा सहभागी महिला नेतृत्वहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा आईएफईएस नेपालको प्राविधिक सहयोगमा तथा माण्डवीको साझेदारीमा मधेश प्रदेशका ५ बारा, रौटहट, सर्लाही, महोत्तरी तथा धनुषा जिल्लाका २८ वटा पालिकामा शि लिड्स कार्यक्रम संचालित छन ।

`
12 comments
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

7 घन्टा पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

7 घन्टा पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

1 दिन पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

1 दिन पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

2 दिन पहिले