Janakpurdham
Wed, Mar 25, 2026
`

एमालेलाई अर्थमन्त्रीले भने- सरकार बाहिर बस्नै नसक्ने मनस्थिति बनाउनु ठिक होइन

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । नेपाली काँग्रेसका नेता एवं अर्थमन्त्री प्रकाश शरण महतले नेकपा एमालेले सदनलाई बन्धक बनाएकोमा आपत्ति जनाएका छन् ।जनकपुरधाममा नेपाल प्रेस युनियनद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘सदन छलफल र बहस गरेर समस्या समाधान गर्ने थलो हो । धेरै ऐनहरू बनाउनु छ । संघीय कानून नबनेर समस्या आइरहेको छ । तर एमालेले सदनमा छलफल नै हुन दिएन ।’एमालेले राजीनामा मागेको छ नि भन्ने जिज्ञासामा उनले भने, ‘सरकार बन्ने बनाउने कुरा संसद्को सर्वाधिकार हो । सरकार बाहिर बस्नै नसक्ने मनस्थितिमा पुग्नु ठिक होइन । जनताले म्यान्डेट अनुसार सरकार चल्न दिनुपर्छ ।’ काँग्रेस प्रतिपक्षमा रहँदा कहिल्यै बहाना बनाएर सदन अवरुद्ध नगरेको दाबी गर्दै मन्त्री महतले सदनमै छलफल र बहस गरेर कुनै पनि समस्या समाधान गर्न सकिने कुरामा विश्वास गर्नुपर्ने बताए ।उनले कोशी-मरिन डाइभर्सन गरेर मधेशलाई समृद्ध गर्नेतर्फ लागेको बताए । उनले तराई मधेशका हरेक क्षेत्रमा पानी पुग्यो भने एक सय गुणा उत्पादन बढ्ने विश्वास व्यक्त गरे । उनले भने– मधेशका जनताको समस्यामा सरकार गम्भीर छ ।साभार : नेपाल प्रेस

`
12 comments
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

5 घन्टा पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

5 घन्टा पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

1 दिन पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

1 दिन पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

2 दिन पहिले