सनातन हिन्दु धर्मको रक्षा गर्न माग गर्दै धरानमा प्रदर्शन
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
धरान,भदौ ९ गते। सुनसरीको धरानमा वैदिक सत्य सनातन हिन्दु धर्मको रक्षा र सद्भावको आह्वान गर्दै हिन्दु धर्मका संघसंस्थाले प्रदर्शन गरेका छन्। शनिबार स्वधर्मको रक्षा आह्वान गर्दै धरानबाहिर शान्तिपूर्ण ¥याली निकालेका विभिन्न हिन्दु संघसंस्था तरहराको पानीपियामा आन्दोलित भएका हुन्। शुक्रवार मध्यरातिदेखि धरानमा निधेषाज्ञा जारी गरिएको छ। हिन्दु धर्मावलम्बीहरुको प्रदर्शनलाई निधेषाज्ञा क्षेत्र बाहिरै रोक्न सुरक्षा व्यवस्था कडा पारिएको छ।हिन्दु धर्मका अगुवाको नेतृत्वमा निस्केको र्यालीमा हजारौं सर्वसाधारण सहभागी छन्। धरान उपमहानगरपालिकामा केही साताअघि सार्वजनिक रुपमा गोरु काटेर भोज गरिएको विरोधमा आन्दोलन चर्किएको हो। हिन्दु धर्मावलम्बीहरुले गाई, गोरुलाई आस्थाले पूजा गर्ने गर्दछन्। एक धर्मावलम्बीहरुले अर्को धर्मावलम्बीहरुको आस्थाको केन्द्रमाथि प्रहार गरेको भन्दै कोशी प्रदेशमा यतिबेला आन्दोलन चर्किंदै गएको छ।साभार : गोरखापत्र
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..
जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..
3 घन्टा पहिले
चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो
वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..
3 घन्टा पहिले
मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने
जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..
1 दिन पहिले
प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..
जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..
1 दिन पहिले
त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..
उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..
2 दिन पहिले