शुल्कवृद्धिको विरोधमा समाजवादी विद्यार्थी संगठनले थाल्यो आमरण अनसन
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ । समाजवादी मोर्चा निकट विद्यार्थी सङ्गठनहरूले आमरण अनसन सुरु गरेका छन् । इन्जिनियरिङ अध्ययन संस्थानले गरेको शुल्क वृद्धि खारेज नगरेको भन्दै विद्यार्थीहरूले आमरण अनसन सुरु गरेका हुन् । अखिल (क्रान्तिकारी), अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन लगायतका विद्यार्थी संगठनहरूले आमरण अनसन थालेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताए । संस्थानले शुल्कवृद्धिको निर्णय फिर्ता नलिएसम्म आमरण अनसन जारी रहने उनको भनाई छ । संस्थानको शुल्क कार्यान्वयन समितिको साउन २५ को निर्णय अनुसार शुल्क बढाएर ७ लाख ७५ हजार पुर्याएको थियो । वृद्धि गरेको शुल्क खारेजीको माग राख्दै समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरूले विभिन्न चरणमा आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । सोही अनुसार आजदेखि आमरण अनसन थालिएको उनको भनाई छ । उनीहरूले भदौ ७ गते पत्रकार सम्मेलन गर्दै वृद्धि गरेको शुल्क खारेज गर्न २४ घन्टे अल्टिमेटम दिएको थियो । तर, संस्थान गम्भीर बन्नुको सट्टा आन्दोलन र मागलाई बेवास्ता गर्दै आएको उनीहरूको ठहर छ । उता, नेविसंघ पुल्चोक क्याम्पसका इकाई सभापति सुलभ चापागाईं भदौ ४ गतेदेखि आमरण अनसनमा बस्दै आएका छन् । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । संस्थानले बजेटको अभावमा इन्जिनियरिङ कलेजहरू सञ्चालन गर्न गाह्रो भएको भन्दै शुल्क बढाउने निर्णय गरेको बताएको छ । शनिवार अबेर राति विज्ञप्ति जारी गर्दै संस्थानले सरकारले उपलब्ध गराउने बजेट कटौती गरेको र पुरानै शुल्क पढाउन सकिने अवस्था नरहेको बताएको थियो ।साभार : रातोपाटी
परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री क..
काठमाडौं, वैशाख ८ : परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यए..
3 घन्टा पहिले
पूर्वाधार निर्माणलाई गति दिन विमानस्थल राति सात घण्टा ब..
काठमाडौँ, वैशाख ८ : पूर्वाधार निर्माणलाई थप गति दिन आगामी जेठ ४ गतेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल दैनिक ..
3 घन्टा पहिले
गृहमन्त्रीमाथि छानबिन गर्न कांग्रेसको माग
काठमाडौं, वैशाख ७ : गृहमन्त्री सुधन गुरूङमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिन गर्न प्रमुख प्रतिपक्षी दल नेपाली ..
1 दिन पहिले
विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अ..
काठमाडौं, वैशाख ७ : नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अ..
1 दिन पहिले
कांग्रेसको ‘संविधान संशोधन अध्ययन तथा सुझाव समिति’ले प..
काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक राय–सुझाव दिन पार्टी उपसभापति ..
2 दिन पहिले