Janakpurdham
Tue, Sep 01, 2026
`

विद्यालय शिक्षा विधेयक संसद्‍मा दर्ता

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ ,भदौ २७ गते । विद्यालय शिक्षा ऐन २०८० को विधेयक संसदमा दर्ता भएको छ। मन्त्रिपरिषदबाट पारित भएसँगै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विधेयक संसद् सचिवालयमा दर्ता गराएको हो। मन्त्रालयका प्रवक्ता दीपक शर्माले विधेयक संसद्मा दर्ता भएको बताए ।  संसद्मा दर्ता भएसँगै सांसद्हरूले विधेयकमाथि छलफल गरेर अगाडि बढ्नेछन्। दर्ता भएको विधेयक अब बस्ने संसद् बैठकमा छलफलका लागि पेश गरिनेछ। ससंद्ले सिधै पास गरेर अघि बढ्ने वा संसदीय समितिमा पठाउने भन्ने विषयमा निर्णय गर्नेछ। प्रवक्ता शर्माले सिमितमा पठाएर छलफलमार्फत निर्णय हुन सक्ने बताए । यसअघि गत साउन १६ गतेको मन्त्रिपरिषद् बैठकले संसद्मा पेश गर्ने निर्णय गरेको थियो। तर, उक्त विधेयकमाथि चौतर्फि विरोध भएको थियो। विरोधपछि सरकारले पुनः संशोधन गरेर अघि बढ्ने भन्दै संसद्मा दर्ता गराएको थिएन। मस्यौदामा व्यापक संशोधन गरेपछि मन्त्रीपरिषद् बैठकले पारित गरेर संसदमा पेश गर्ने निर्णय गरेको थियो।साभार : रातोपाटी

`
12 comments
नेपाल–भारत सुख–दुःखमा एकअर्काको साथमा रहनेछ : रक्षामन्..

नयाँदिल्ली, भदाै १५ : भारतका रक्षामन्त्री राजनाथ सिंहले सोमबार नयाँदिल्लीस्थित नेपाली दूतावासको भ्रमण गरी नेपा..

17 घन्टा पहिले

सरकारको कोषमा पैसा जम्मा भएको छ तर पीडित भोकै छन् : केपी ओ..

काठमाडौं, भदाै १५ : नेकपा एमालेले भोटेकोशी बाढी पीडितका लागि २० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। सोमबार एमाले ..

17 घन्टा पहिले

बाढी प्रभावित क्षेत्रमा भारतीय फरेन्सिक टोली परिचालन

काठमाडौं, भदौ १४ : भारतले भोटेकोशीमा हालै आएको बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिहरूको डीएनए नमुना विश्लेषण तथा श..

2 दिन पहिले

विपद्का बेला सरकारलाई साथ दिन्छौँ, कमजोरी औँल्याउनु पनि ..

काठमाडौं, भदाै १४ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढीपछि उत्पन्न विपद् व्यवस्थापनमा सरकार..

2 दिन पहिले

भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार 

काठमाडौं, भदाै १३ : रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ६२६ जनाको शव फेला परेको छ । नेपाल प्रहरीद..

3 दिन पहिले