Janakpurdham
Tue, Mar 24, 2026
`

गठबन्धन दलमा केहि असन्तुष्टि हुनु स्वभाविक : नेता निधि

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

चन्दन ठाकुर
जनकपुरधाम, भदौ ३१ गते । पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले गठबन्धन दलबीच केहि असन्तुष्टि रहे पनि यो सरकार पाँच वर्षसम्म चल्ने दावी गरेका छन् ।
नेपाली कांग्रेस धनुषाको कार्यालयमा आइतबार प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो दावी गरेका हुन् ।गठबन्धनमा धेर-थोर असहजता र असन्तुष्टि हुनु स्वभाविक रहेको बताउँदै प्रतिनिधिसभा सांसदसमेत रहेका निधिले भनदेशमा राजनीतिक स्थिरता नरहेको बताउँदै उनले भने ‘राजनीतिक स्थिरताकालागि साँसद र सरकार दुबै स्थिर रहेको भए उत्तम हुन्थ्यो तर अहिले सो स्थिति छैन।’नेपालमा राजनीतिक स्थिरताको अध्ययनको आधार साँसद कति अवधिसम्म चल्छ भन्ने मानकलाई मानेर अहिलेको साँसद आगामी २०८४को चुनावसम्म चल्यो भने त्यसलाई राजनीतिक स्थिरता भएको मानिने उनले प्रष्ट पारे ।


तर २०७९मा सम्पन्न निर्वाचनबाट कुनै दलले पूणर् बहुमत नपाएकोले गठबन्धनको सरकार बनाइएको बताउँदै उनले भने‘ गठबन्धनदलबीच भएको सहमतिकै आधारमा पहिला पुष्पकमल दाहाल प्रचण्ड अनि माधव नेपाल तथा अन्तिम चरणमा शेरबहादुर देउवाजीको नेतृत्वमा सरकार बन्नेछ र सोहि अनुसार गठबन्धनको सरकार चलिरहेको छ ।’नेता निधिले मधेश प्रदेशमा आर्थिक र व्यापारिक गतिविधि किसान मजदुरको गतिविधिमा थुप्रै काम गर्नु पर्ने आवश्यकता औंल्याए । अन्तर्राष्ट्रिय कारणले आर्थिक गतिविधि प्रभावित भएको बताउँदै उनले चीन र भारत दुबै देशका सीमावर्ती क्षेत्रका जनताको गुनासो प्रति सरकारको ध्यानाकर्षण भएको बताए ।
भारत नेपाल र चीन नेपाल दुबै देशका सीमावर्ती क्षेत्रको आर्थिक गतिविधिमा सीमावर्ती क्षेत्रका नागरिकहरुले अन्र्राष्ट्रिय सम्झौता अनुसारको अवस्था नरहेको प्रति चिन्ता व्यक्त गर्दै यस समस्याको समाधानको लागि सरकारले तत्काल पहल थाल्ने विश्वास व्यक्त गरे ।

`
12 comments
हराएका तथा भत्केका सीमा स्तम्भको चाँडै निर्माण गर्ने सह..

जनकपुरधाम, चैत्र १० गते। मधेश प्रदेशका जिल्लाहरूलाई भारतीय सीमासँग छुट्टाउनका लागि निर्माण भएर विभिन्न कारणले ..

2 मिनट पहिले

चैती छठ : अस्ताउँदो सूर्य र छठीमातालाई अर्घ्य चढाइयो

वीरगञ्ज, चैत्र १० गते । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य द..

4 मिनट पहिले

मधेश प्रदेश सभाको बैठक चैत्र १५ गते बस्ने 

जनकपुरधाम, चैत्र ९ गते । मधेश प्रदेश सभाको बैठक १५ गते बस्ने भएको छ । मधेश प्रदेशका सभामुख रामअशिष यादवको अध्यक्षत..

1 दिन पहिले

प्रधानमन्त्री कप : आजका खेलमा लुम्बिनी र सुदूरपश्चिम विज..

जनकपुरधाम, चैत्र ९ गते । एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तरगत आज मधेश प्रदेशमा भएको दुई खेलमा ..

1 दिन पहिले

त्रियुगा नगरपालिकाद्वारा अमृत झाको सुरक्षित रिहाइका ला..

उदयपुर , चैत्र ८ गते । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकाले इरानमा हिरासतमा रहेको भनिएका स्थ..

2 दिन पहिले