महोत्तरीमा मेलामा विवाद हुँदा एक युवकको हत्या, दुई भारतीय पक्राउ
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,कार्तिक १० गते । महोत्तरीमा दसैँ मेलामा विवाद हुँदा एक युवकको हत्या भएको छ । पिपरा गाउँपालिका- ५ का १९ वर्षीय आशिक भन्ने बसन्त पासवानको हत्या भएको हो ।पासवानको शव स्थानीय जगदीश शाहको धान खेतमा बिहीबार साँझ फेला परेको थियो । घटनालगत्तै प्रहरीले हत्यामा संलग्न दुई भारतीय युवालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भारतको विहार राज्य मधुवनी जिल्लाका १९ वर्षीय दीपक मल्लिक र १८ वर्षीय अमित मल्लिक छन् । नेपालस्थित सानीआमाको घर आएका उनीहरुले घटना घटाएका हुन् ।महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीका अनुसार मेलामा सिक्रीको विषयमा विवाद भएपछि पासवानलाई सुनसान ठाउँमा लगेर छुरा प्रहार गरी हत्या गरेको पक्राउ परेका दुबैजना स्वीकारेका छन् ।आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘मेलामा टिकटक बनाउन अमितले लगाएको सिक्री मृतक पासवानले लिएका थिए । तर, सिक्री दिन आनाकानी गरेपछि विवाद भयो । सोही निहुँमा पासवानको हत्या गरेको उनीहरुले बयान दिएका छन् ।’घटनाबारे थप अनुसन्धान तथा कारबाही अगाडि बढाएको डीएसपी गिरीले बताए ।बिहीबार जनकपुरधाम– २३ मा पनि हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको थियो । तर, हत्या भएको आशंका गरिए पनि प्रहरीले कसैलाई पक्राउ पर्न सकेको छैन ।साभार : नेपाल प्रेस
प्रधानमन्त्रीको जवाफ अरूले दिएर हुँदैन : सांसद बराल
काठमाडौं, जेठ २९ : नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्त..
21 घन्टा पहिले
राष्ट्रियसभा निर्वाचन नीति र गुठी जग्गा प्रतिवेदन कार्..
काठमाडौं, जेठ २९ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले वर्तमान सरकार सुशासनको लागि बनेको दाब..
21 घन्टा पहिले
काभ्रे बस दुर्घटना : १२ घाइतेको पहिचान खुल्यो, मृतककाे पर..
काभ्रे, जेठ २९ : काभ्रेको नमोबुद्ध नगरपालिका–२ सेल्फी डाँडामा आज भएको बस दुर्घटनामा घाइतेमध्ये १२ जनाको पहिचा..
21 घन्टा पहिले
‘एमालेविरुद्ध एल्गोरिदममार्फत भ्रम फैलाइयो, जनतालाई पप..
काठमाडौं, जेठ २९ : एमाले सचिव महेश बस्नेतले सामाजिक सञ्जालको एल्गोरिदम, विदेशी शक्तिको प्रभाव तथा राज्य संयन्त्..
21 घन्टा पहिले
सर्वोच्च अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि ट्रेड युनिय..
काठमाडौं, जेठ २९ : सरकारलाई दलीय ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको छ। निजामती सेवामा..
22 घन्टा पहिले
-
राष्ट्रियसभा निर्वाचन नीति र गुठी जग्गा प्रतिवेदन कार्यान्वयन गर्न सांसद सिंहको माग
-
काभ्रे बस दुर्घटना : १२ घाइतेको पहिचान खुल्यो, मृतककाे परिचय खुल्न बाँकी
-
‘एमालेविरुद्ध एल्गोरिदममार्फत भ्रम फैलाइयो, जनतालाई पपुलर नाराले भुलाइयो’
-
सर्वोच्च अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि ट्रेड युनियनहरू खारेजको बाटो खुल्यो