Janakpurdham
Fri, Aug 07, 2026
`

१७ लाख मूल्य बराबरको अवैध मालसामान बरामद

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

ढल्केबर, कात्तिक १४ गते । सशस्त्र प्रहरी कार्यालय धनुषाले १७ लाखभन्दा बढीको अवैध मालसामान बरामद गरेको छ । जिल्लाको मिथिला नगरपालिका–९, बडहरीबाट सोमबार साँझ १७ लाख ३० हजार रुपियाँ मूल्य बराबरको अवैध मालसामान सशस्त्र प्रहरीले बरामद गरेको हो ।विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोली र राजस्व भन्सार कार्यालय जनकपुरको टोलीले १४ लाख ८० हजार रुपियाँ मूल्य बराबरको दुई हजार नौ सय ६० थान मोबाइलको डिस्प्ले र दुइ लाख ५० हजार रुपियाँ मूल्य बराबरको तीन सय ३३ थान कुर्ता सुरुवाल बरामद गरिएको सशस्त्र प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।बरामद गरिएका सो मालसामान आवश्यक कारवाहीका लागि राजस्व भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।साभार : गोरखापत्र

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

10 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

10 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

1 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

1 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले