Janakpurdham
Sun, Jul 13, 2025
`

प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २२ औं वार्षिक साधारण सभा सम्पन्न

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत
पौष १२, तामाकोशी ।
प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा वडा नम्बर ६ च्यामामा रहेको प्रगतिशील बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
साधारण सभामा संस्थाका अध्यक्ष मेघराज के.सीले अध्यक्षको प्रतिवेदन, सचिव थिर बहादुर के.सीले सचिवको प्रतिवेदन, संस्थाका व्यवस्थापक देविप्रसाद शर्माले आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक चन्द्र बहादुर फुयालले लेखा सुपरिवेक्षणको प्रतिवेदन,  ऋण उपसमितिको प्रतिवेदन थिरबहादुर के.सी.ले प्रस्तुत गर्नु भएको थियो ।
बार्षिक सभा कार्यक्रमका प्रमुख अतिथि ईश्वर चन्द्र पोखरेलले गाउँपालिकाले सहकारीको स्तरउन्नतिका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेको, पालिकाले सहकारी सुचिकृत हुन अनुरोध गर्दा पनि केहि सहकारी बाहेक सुचिकृत हुन नआएकाले हामिले विभिन्न प्रयास गरिरहेका छौ अवका दिनमा श्वयतपत्र जारी गरि थप काम गर्ने बताउँनु भयो । पालिकाले सहकारीसँग समुन्वय गरि कार्यक्रम संचालनको लागि सुरु गरेको बताउँनुका साथै संस्था चोरी भएकोमा आफु दुखी भएको र संलघन व्यक्ति खोजि गर्नको लागि आफु लागिरहेकोे बताउँनु भयो ।
बार्षिक साधारण सभाका विषेस अतिथि नेफ्स्कुनका संचालक सदस्य जिवस राज खड्काले सहकारीको मुलमर्म अनुसार संस्था संचालन हुनुपर्ने । संचालक र कर्मचारी पारदर्सी र सदस्य इमान्दार भएमा संस्थामा कुनैपनि समस्य नआउँने बतउँनु भयो । कार्यक्रममा तामाकोशी गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का के.सी, वडा नम्बर ६ च्यामाका वडा अध्यक्ष झनकबहादुर फुयाल, संस्थाका पुर्व अध्यक्ष तथा सल्लाहाकार बालकृण शर्मा, जनप्रतिनिधि ङरहरि फुयाल, नेकपा माओवादी केन्द्रका जिल्ला नेता सन्तोष के.सी.नेकपा एमालेका वडा कमिटी उपाध्यक्ष मोहन बहादुर फयाल, नेकपा समाजवादीका वडा कमिटी अध्यक्ष तामप्रसाद आपागाँई, नेपाली कांग्रेस वडा इकाई सभापति हितबहादुर फुयाल, शंकेश्वर बचत तथा ऋण सहकारी संस्था सहरेका अध्यक्ष रुद्र प्रसाद चौलागाई लगाएतले संस्थाको गतिविधिले पारेको प्रभाव, उन्नति प्रगती साथै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
संस्थाको २२ औं बार्षिक साधारण सभाको अवसरमा व्यवसायीक कृषक, सवैभन्दा कान्छा सदस्य, जेष्ठ सदस्य, शेयर सदस्य, असल ऋणी, असल बचत कर्ता लगाएत लामो समय संस्था संचालमा अध्यक्ष पदमा रहि सफल संस्था बनाउँन महत्वपुर्ण योगदान गर्नुहुने संस्थाका पुर्व अध्यक्ष तथा हालका सल्लाहाकार बालकृष्ण शर्मालाई सम्मान गरिएको छ ।  संस्थाको आर्थिक बर्ष २०७७-७८ को शेयर पूँजी ९२ लाख ६६ हजार ८ सय रहेको छ भने संस्थाले खुद ९ लाख २० हजार नाफा गरेको छ । निक्षेप तर्फ ७ करोड ४५ लाख ६५ हजार १६ रुपायँ रहेको छ भने ऋण लगानि तर्फ ५ करोड २७ लाख ४८ हजार १ सय ३० रहेको छ । संस्थाको कुल पुँजी ९ करोड ७५ लाख १५ हजार २ सय ३७ पुगेको छ । संस्थामा २०७७ साल माघ २३ गते चोरी भएको थियो । संस्थाले विमाबाट चोरी भएको रकमको ९० प्रतिसत रकम प्राप्त गरेको छ ।

`
12 comments
‘नेपालमा नै राम्रो शिक्षा प्राप्त गर्ने सम्भावनाहरु प्..

काठमाडौं, असार २८ : सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्..

16 घन्टा पहिले

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पता..

झापा, असार २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने ब..

16 घन्टा पहिले

खेलमा राजनीति नगर्न र एनपिएलको तयारी गर्न प्रधानमन्त्र..

ललितपुर, असार २६ : प्रधानमन्त्री केपी ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय ..

2 दिन पहिले

निर्वाचन निर्देशन अवज्ञा गर्ने २६ जनालाई कांग्रेसले गर..

काठमाडौं, असार २६ : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले ०७९ को स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन..

2 दिन पहिले

मधेश प्रदेशसभा बैठक तेस्रो दिन पनि अवरुद्ध- बजेट पुनर्ले..

जनकपुरधाम ,असार २५ गते । प्रतिपक्षी दलहरुले मधेशको प्रदेशसभा बैठक आज तेस्रो दिन पनि अबरुद्ध पारेका छन् । सभामुख र..

4 दिन पहिले