Janakpurdham
Sat, Aug 08, 2026
`

समाजसेवी उद्धव खातीले तामाकोशी गाउँपालिकाको वडा नम्बर ५ सहरे स्वास्थ्य चौकीका लागि दुईवटा हस्पिटलबेड हस्तान्तरण

5 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

दिपक बस्नेत
माघ १६, तामाकोशी ।
नेकपा माओवादी केन्द्र तामाकोशी गाउँपालिकाका उपाध्यक्ष एवंम समाजसेवी उद्धव खातीले तामाकोशी गाउँपालिकाको वडा नम्बर ५ सहरे स्वास्थ्य चौकीका लागि दुई वटा हस्पिटलबेड हस्तान्तरण गर्नुभएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्वर ५ सहरे स्वास्थ्य चौकिका इन्चार्ज युवराज के.सीलाई खाती आफैले हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण कार्यक्रममा कार्यवाहक अध्यक्ष अर्घलाल चौलाईले समाजसेवि खातीलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । स्वास्थ्य चौकीका कर्मचारीका अनुसार औषधी राख्ने दराजको खाँचो रहेको जानकारी गराउँनु भएको थियो । खातीले यस अघिपनि स्वास्थ्य चौकीका लागि अक्सिजन ग्याँस सिलिण्डर हस्तान्तरण गरिसक्नु भएको छ । स्वास्थ्य क्षेत्र अत्यन्त सम्वेदनसिल क्षेत्र भएकाले आफुले केहि खर्च कटाएर समाग्री हस्तान्तरण गरेको बताउँनु भयो । आफ्नो ठाउँमा रहेका जनतालाई स्वास्थ्य उपचारमा थप सहयोग पुग्ने उहाँको भनाई छ ।

कार्यक्रममा नेकपा माओवदी केन्द्र तामाकोशी गाउँपालिकाका अध्यक्ष शम्भु फुयाँल लगाएत जिल्ला स्तरीय नेताको उपस्थिति रहेको थियो ।

`
12 comments
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..

16 घन्टा पहिले

कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..

16 घन्टा पहिले

भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

2 दिन पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

2 दिन पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

3 दिन पहिले