Janakpurdham
Fri, Oct 16, 2026
`

स्कुल नआएको भन्दै शिक्षकले घरमै गएर कुटे बालिका

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

रूपन्देही,मंसिर २० गते ।  पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ७ बर्गदवास्थित बर्दघाट कालिका बोर्डिङ स्कुलमा अध्ययनरत बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेपछि अभिभावक र स्थानीय आक्रोशित भएका छन् ।शिक्षकको गतिविधिविरुद्ध स्थानी जनप्रतिनिधि, अभिभावहरू एकजुट भएर कारबाहीका लागि प्रहरीमा उजुरी दिएका छन्, भने विद्यालयमा तालाबन्दी गरेका छन् ।कक्षा एकमा अध्ययनरत ९ वर्षीया कञ्चना राजभरलाई विद्यालयको सहायक प्रधानाध्यापक रहेका यादवले लौरोले पिठ्युँमा निर्घात कुटपिट गरेपछि बालिकाको शरीरमा रातो डाम (धब्बा) बसेको छ ।बालिकाको घरमा गएर समेत विद्यालय किन नआएको भन्दै कुटपिट गरेका यादवले विद्यालय आएपछि लौरो र लात्तिले प्रहार गरेको अभिभावकले बताएका छन् ।घटनापछि विद्यालयमा तालाबन्दी गरिदिएको वडाध्यक्ष हायात खाँ धुनियाँले जानकारी दिए । शिक्षक यादवले पटक पटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दे आएको स्थानीयले बताएका छन् ।स्थानीय ओमप्रकाश ठाकुरले विद्यालयका बालबालिकाका कुट्ने काम शिक्षक यादवले पटक पटक गर्दै आएको बताएका छन् ।पीडित बालिका राजभरलाई विद्यालय नआएको भन्दै घरमै कुटपिट गरेको र विद्यालय गएपछि पनि मरणासन्न हुने गरी कुटेको बालिकाले बताएकी छन् ।उनी हिँड्न पनि नसक्ने अवस्थामा घर आएपछि बल्ल थाहा पाएको अभिभावकको भनाइ रहेको छ ।‘म आफन्तकोमा गएकी थिएँ, श्रीमान् पनि हुनुहुन्थिएन्, गाउँलेले भनेर थाहा पाएँ, सरले घरमै आएर छोरीलाई पिट्नुभएछ, अनि सम्झाएर स्कुल लगेर फेरि यादवले कोठा बन्द गरेर पिट्नुभएछ’, आमा गन्जला राजभरले भनिन् ।छतमा लगेर कुटपिट गरेको र कुटपिटपछि बालिका तल्लो तलामा झर्नसमेत नसकेपछि साथीहरूको सहयोगमा झरेको बताएकी छन् । स्थानीयले कुटपिट गर्ने शिक्षकलाई कडा कारबाही गर्न माग गरेका छन् ।जिल्ला प्रहरी कार्यालयमा पीडितले उजुरी दिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्यले कुटपिट गर्ने विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।अभद्र व्यवहारमा अभिभावकले उजुरी दिने तयारी गरेका छन्, सोहीअनुरूप प्रहरी अगाडि बढ्ने आचार्यले बताए ।विद्यालयका प्रिन्सिपल जितेन्द्र कुमार यादवले भने विभिन्न बहाना बनाई कारबाही प्रक्रिया अगाडि नबढाउन भन्दै दबाबसमेत दिएका थिए । यस विषयमा जिज्ञासा राख्दा प्रिन्सिपल यादवले अहिले आफू व्यस्त रहेकोले पछि कुरा गर्ने जवाफ दिएका छन् ।सरावल गाउँपालिका बालमैत्री पालिका बनाउने योजनाका साथ अगाडी बढिरहेको समयमा अबोध बालिकामाथि भएको कुटपिटको घटना गम्भीर भएको भन्दै सरोकारवालाहरूले दोषी माथि कारबाहीको माग गरेका छन् ।साभार : नेपाल प्रेस

`
12 comments
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

5 घन्टा पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

5 घन्टा पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

1 दिन पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

1 दिन पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

1 दिन पहिले