श्री महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था लिमिटेड तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरे किर्ने दोलखाले संस्थागत विकासका लागि तीनदिने तालिम समापन
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपक बस्नेत
फागुन १५, तामाकोशी ।
श्री महिला साक्षरता बचत तथा ऋण सहकारी संस्था लिमिटेड तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरे किर्ने दोलखाले संस्थागत विकासका लागि तीनदिने तालिम समापन गरेको छ ।
महिला साक्षरता बचत तथा ऋण सहकारी संस्थाको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडको प्रविधिक सहयोगमा संचालन भएको तालिममा संस्थाका संचालक समिति पदाधिकारी, लेखा समिति, अन्य उपसमिति, व्यवस्थापक, कर्मचारीको उपस्थिति रहेको थियो ।
सहकारी संचालक समिति अध्यक्ष सुमित्र फुयाँलको अध्यक्षतामा भएको समापन कार्यक्रममा संस्थाका संचालक समिति सदस्य श्रृजना सुवेदीले संस्थाको सुरुको अवस्थाको दुख सम्झदै हाल संस्थाले गरेको प्रगतिको चर्चा गर्दै तालिमले संस्थामा काम गर्न उल्लेख्य सहयोग पुग्ने र सिकेको कुरालाई व्यवहारमा लागु गर्न प्रतिवद्ध रहेको बताउँनु भयो । तालिमका सहभागिलाई प्रमाण पत्र हस्तान्तरण गरिएको थियो ।
तीनदिन सम्म संचालन भएको तालिमको सहजिकरण नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडका कार्यक्रम अधिकृत उमेश कोइराला, तालिम अधिकृत सुमन राज घिमिरे, जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका विभागिय प्रमुख नविन्द्र रिमालले गर्नुभएको थियो ।
प्रधानमन्त्री ओली र चिनियाँ समकक्षीबीच आज भेटवार्ता
काठमाडौँ, मंसिर १८ : चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ उच्च नेतृत्वबीच आज द्विपक्षीय औपच..
15 घन्टा पहिले
यी हुन् कांग्रेस विजयी भएको १८ ठाउँ, कहाँ कसले जिते?
काठमाडौं, ,मंसिर १८ गते । स्थानीय तह उपनिर्वाचनको मतगणना लगभग सक्किएको छ। अब एउटा गाउँपालिका उपाध्यक्ष र एउटा ..
15 घन्टा पहिले
सीताराम विवाह पञ्चमी- अयोध्याबाट जन्ती मटिहानी पुग्दा भ..
जनकपुरधाम,मंसिर १८ गते । सीताराम विवाह पञ्चमीका लागि श्रीराम जन्मभूमि भारतको अयोध्याबाट हिँडेको जन्ती आज जनकपु..
15 घन्टा पहिले
जनकपुरधाममा विवाहपञ्चमी सुरु, भगवान श्रीराम र लक्ष्मणक..
जनकपुरधाम ,मंसिर १७ गते । त्रेतायुगमा भगवान श्रीराम र माता सीताबीच भएको विवाहको सम्झनामा जानकी मन्दिरले मनाइने ..
2 दिन पहिले
सप्तरीको डाक्नेश्वरी १ र ४ मा जसपा नेपालले मार्यो बाजी
जनकपुरधाम,मंसिर १७ गते । सप्तरीको डाक्नेश्वरी नगरपालिका १ र ४ को वडाध्यक्षमा जनता समाजवादी पार्टी ९जसपा० नेपालल..
2 दिन पहिले