Janakpurdham
Thu, Aug 14, 2025
`

अनाजबाट सीता-रामको प्रतिमा बनाउन आएका भारतका सतिषले पनि जानकी मन्दिरमै गरे विवाह

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,पुष ३ गते ।  विवाह पञ्चमीको अवसरमा अनाजबाट ११ हजार ११ वर्ग फिटको राम-सीता प्रतिमा बनाउन भारतको मध्य प्रदेशबाट जनकपुरधाम आएका एक जोडीले जानकी मन्दिरमै विवाह गरेका छन् ।विश्व हिन्दू परिषद्ले सोमबार राति बिना दाइजो २१ जोडीको एक समारोहबीच जानकी मन्दिरमा सामूहिक विवाह गरायो । विवाह विधि भइरहँदा दुलाहाको भेषमा सज्जिर सतिष गुर्जर आइपुगे । विवाह समारोह हेर्न पुगेका सबैको ध्यान उनले तान्यो ।सतिषलाई देखेर सहभागी सबै चकित परे । किनकि सतिष अनाजबाटै सीता-रामको विशाल प्रतिमा बनाउने टिमको नेतृत्व गरेका थिए । उनी कोसँग विवाह गर्न लागेको कुरा बुझ्न सबै कौतूहल बने ।एक छिनमै पहिलेदेखि दुलहा-दुलहीबीच वैदिक परम्परा अनुसार माला फेराफेर भयो । जसलाई ‘स्वयम्वर’ भनिन्छ । स्वयंवर सकेपछि सतिषले भने, ‘यहाँ सीता-रामको प्रतिमा बनाउन आएका थियौँ । तर यो पवित्र भूमिमा विवाह गरे । सायद भगवानकै इच्छा थियो । यो मेरो लागि ठूलो सौभाग्य प्राप्त भयो । सतिषले भारतको मध्य प्रदेशकै यागिनी गुर्जरसंग विवाह गरेका हुन् । यागिनी पनि सतिषकै टिममा सीता-राम प्रतिमा बनाउन आएकी थिइन् । उनीहरू पहिलेदेखि एकअर्कालाई प्रेम गर्थिन् । तर बिहे नै गर्ने टुङ्गो थिएन ।सतिष र यागिनी एकै गाउँको रहेको बुझिएको छ । सतिषले यहाँ स्वयंवर गरेको र गाउँ पुगेपछि परम्परा अनुसार विवाह गर्ने बताए ।सामूहिक विवाह अगाडी सबै बेहुलालाई रथमा बाजागाँजासहित जनकपुरधाम नगर परिक्रमा गराइएको थियो । त्यसपछि जानकी मन्दिरको प्राङ्गणमा राम-सीताको विवाह भएकै मण्डपमा उनीहरूलाई सामूहिक स्वयंवर गरियो ।विश्व हिन्दू परिषद्ले केहि वर्षदेखि बिना दाइजो विवाह पञ्चमीको अवसरमा सामूहिक विवाहको आयोजना गर्दै आएको छ । विवाह गरेका बेहुला र बेहुलीका लागि आवश्यक गर्ने कपडा, एक थान पोते, अन्य आवश्यक वैवाहिक सरसमान परिषद्ले निःशुल्क उपलब्ध गराए ।यो सीता-रामको ११ हजार ११ वर्गफिटको प्रतिमा अनाजबाटै बनाएका थिए सतिष नेतृत्वको टीम । यो प्रतिमा विश्व रेकर्डको प्रतिक्षामा छ ।

`
12 comments
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..

काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..

6 घन्टा पहिले

सामाजिक सञ्जालका भ्रामक सुचनाको प्रलोभनबाट जोगिन प्रहर..

काठमाडौं, साउन २८ : केही दिन यता सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत शेयर बजारको बारेमा सूचना दिने ..

6 घन्टा पहिले

सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्नुस् : प्रधान..

काठमाडौं, साउन २७ : प्रधानमन्त्री केपी ओलीले भूमीहिनलाई लालपूर्जा दिलाई इतिहास रच्न भूूमि समस्या समाधान आयोगक..

1 दिन पहिले

जनकपुरमा वकिलहरूले पत्रकार कुटे, महासंघ मधेशका अध्यक्ष..

जनकपुरधाम ,श्रावण २७ गते । गुठी संस्थानसँग नेपाल पत्रकार महासंघ मधेश प्रदेशले लिजमा लिएको जग्गा कब्जा गर्दै वकिल..

1 दिन पहिले

सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुख..

काठमाडौँ ,श्रावण २६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवा..

3 दिन पहिले