Janakpurdham
Thu, May 14, 2026
`

मधेशका जिल्लामा चिसो बढ्यो, वृद्धवृद्धा र बालबालिका बढी प्रभावित

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,पुष ३ गते ।  धनुषा, सिरहा, महोत्तरीसहित तराई मधेशका जिल्लामा चिसो ह्वातै बढेको छ । अत्यधिक कुहिरो लागेको छ । हल्का हावा चलेपछि चिसो बढेर जनजीवन प्रभावित बनेको हो ।बिहान ८ बजेसम्म पनि घाम लागेको छैन । कुहिरोले जताततै सेताम्मे देखिन्छ । १०/१५ मिटर वर पनि देख्न गाह्रो भएपछि सवारी साधन चलाउन पनि नसकिने अवस्था छ । यति धेरै कुहिरोबीच सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम छ ।चिसो बढेसँगै जनकपुरधाम बजार क्षेत्रमा पनि सर्वसाधारणको आवतजावत पातलिएको छ । गाउँघरमा मानिसहरू आगो (घुर) बालेर बसेका छन् । चिसोले विशेष गरी गरिब विपन्न वृद्धवृद्धा र बालबालिका बढी प्रभावित बनेका छन् । 

 गरिबीले न्यानो लुगा किनेर लगाउन नपाएकाले गरिब विपन्न वर्गका लागि चिसो हरेक वर्ष काल बनेर आउँछ । चिसोले कठाङ्ग्रिएर तराई मधेशमा हरेक वर्ष कैयौँ वृद्धवृद्धा र बालबालिकाले ज्यान गुमाउँछन् ।चिसोले गाई, गोरु, भैँसीसहितका घरेलु जनावरलाई पनि सताएको छ । किसानहरू गाई, गोरु, भैँसी र बाख्राहरूलाई चिसोबाट जोगाउन बाक्लो कपडाले ढाकेको र नजिकै आगो बालेको दृश्य गाउँघरमा देख्न सकिन्छ ।चिसो बढ्ने भएकाले शरीर ढाक्ने न्यानो कपडा लगाउन र ताजा तथा तातो र झोलिलो खानेकुरा बढी खान सर्वसाधारणलाई चिकित्सकहरूको सुझाव छ ।साभार : नेपाल प्रेस

`
12 comments
स्वास्थ्य मन्त्रीसँग विभिन्न दातृ निकायका प्रतिनिधिको ..

काठमाडौँ , वैशाख ३० गते । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहतासँग विभिन्न दातृ निकायका प्रतिनिधि..

7 घन्टा पहिले

विदेश पठाउने भन्दै ठगी गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ , वैशाख ३० गते । वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ४४ लाख ४८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा तीन ..

7 घन्टा पहिले

स्वास्थ्यमन्त्री मेहतासँग भारतीय राजदूत श्रीवास्तवको ..

काठमाडौँ, बैशाख २९ गते । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहतासँग नेपालका लागि भारतका राजदूत नवीन ..

1 दिन पहिले

“अपाङ्गहरूको सामाजिक तथा आर्थिक अवस्थामा सुधार जरुरी” ..

जनकपुरधाम, वैशाख २९ गते । मधेश प्रदेशका सभामुख रामअशिष यादवले अपाङ्गहरूको आर्थिक तथा सामाजिक अवस्थामा सुधारका ल..

1 दिन पहिले

मधेश प्रदेशका मुख्यमन्त्रीले ज्येष्ठ १ गते विश्वासको म..

जनकपुरधाम, बैशाख २८ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले अगामी ज्येष्ठ १ शुक्रवार विश्वासको मत ल..

2 दिन पहिले