सिद्धार्थले विभिन्न कार्यक्रम गरि ४३ औं वार्षिकोत्सव मनाउंदै
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, पुष ६ गते ।शिक्षा क्षेत्रमा आफनो छुट्टै स्थान बनाउन सफल सिद्धार्थ शिशु सदनले आफ्नो ४३ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाउंदैछ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ भानु चोक अवस्थित सिद्धार्थ शिशु सदनले वार्षिकोत्सवको अवसरमा तिन दिने कार्यक्रको आयोजना गरेको छ । बिहीवार एक कार्यक्रमका बिच विधिवत रुपमा विद्यालयका संस्थापक प्रिन्सिपल राजु यादव र व्यवस्थापकीय निर्देशक शितल यादवले संयुक्त रुपमा वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गरेका छन् । विद्यालयले विहीवार रक्तदान , विज्ञान प्रदर्शनी र आर्ट एण्ड क्राफटस सहितका कार्यक्रम गरेको छ । दोश्रो दिन शुक्रवार खाद्यान्न मेला र जानकी वृद्धाश्रम तथा कबीर बाल अनाथ आश्रमलाई सहयोग र तेश्रो दिन मानव सेवा आश्रममा सहयोग गर्ने कार्यक्रम रहेको छ । शनिवार सम्म जारी रहने तीन दिने कार्यक्रम अन्तर्गत रक्तदान, विज्ञान प्रदर्शनी, चित्रकला प्रदर्शनी, शिल्प (क्राफ्ट), कम्प्यूटर प्रविधि प्रदर्शनी सहित खाद्यान्न मेला लगायतका कार्यक्रमहरु आयोजना गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल राजु यादवले बताएका छन ।
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
2 दिन पहिले
धमाधम छठ पर्वको तयारी सुरु
जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..
2 दिन पहिले
जनकपुरधाममा छठपर्वको तयारी सुरु
धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..
3 दिन पहिले
तोकिएकै समयमा निर्वाचन हुनुपर्छः प्रचण्ड
महेन्द्रनगर (धनुषा) ,कार्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्..
3 दिन पहिले
जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..
काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..
3 दिन पहिले