
जब्दीका मुसहर बस्तीमा शिक्षामन्त्रीको भ्रमण बालबालिकाको शिक्षाका लागि मुसहरबस्तीमा शिक्षक राख्ने
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, ३ माघ । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादव बुधबार धनुषा जिल्लाको मुखियापट्टी मुसहरनियाँ वडा नं. ३ जब्दी टोलको मुसहर बस्तीमा भ्रमण गर्नुभएको छ । सानो झापडीमा बसदै आएका २० घरधुरी मुसहर बस्तीको समग्रह अवस्था बुझेर उहाँले उनिहरुको सन्तानका लागि शिक्षक भर्ना गर्ने समेत आश्वासन दिनुभएको छ । खाद्य अधिकारका क्षेत्रमा काम गरिरहेको संस्था फियान नेपालका प्रदेश कार्यक्रम संयोजक नन्दनी यादवको अगुवाईमा भएको सो भ्रमणका क्रममा मुसहर बस्तीमा गई मन्त्री यादवले दलित बस्तीका बालबालिकाहरुको शिक्षाका लागि शिक्षक दरबन्दी प्रदेश सरकारले गर्ने बताउदै उहाँले साक्षर दलित योजना ल्याउन लागेको बताउनु भयो । बस्ती अनुगमनका क्रममा सो पालिकाका अध्यक्ष जय कुमार यादवले चालु आर्थिक वर्षमा १० घरधुरी मुसहरको दुई कोठे पक्की घर निर्माणको प्रक्रिया सुरु भईसकेको बताउदै अर्को वर्षमा बाँकी रहेका १० घरधुरी मुसहर परिवारलाई पक्की घर पालिकाले बनाउने बताउनु भयो । उहाँले गत आर्थिक वर्षमा नै सो वडामा रहेको डोमहरुलाई पालिकामै सफाई कर्मचारीका रुपमा जागिर दिएको चर्चा गर्दै दलितहरुको बालबालिकाको शिक्षाका लागि पालिकाले थप व्यवस्थापन गर्न लागेको आश्वासन दिनुभयो । उक्त पालिकाको दलितहरुको अवस्थामा सुधार ल्याउनको लागि फियान नेपालले पटक पटक सम्बन्धीत पक्षलाई अनुगमन गराउदै आएको छ । यसका साथै सो पालिका अन्तरगत रहेको दशगज्जा क्षेत्रका जग्गामा नेपाली किसानको जग्गामा सिमा स्तम्भ रहेकाले सोको मुआव्जाका लागि समेत प्रयत्नरत रहेका फियान नेपालका प्रदेश संयोजक यादवले मन्त्री यादवलाई मुखियापट्टी मुसहरनियाँ गाउँपालिका वडा नं. २ का किसानको जग्गा मन्त्री यादव संग अनुगमन गराई सिमा स्तम्भका कारण लालपुर्जा भएरपनि जग्गा उपभोग गर्न नसकेका किसानको पिडालाई समाधान गर्न सदनमा आवाज उठाउन आग्रह गर्नुभयो । मुसहर बस्तीमा मन्त्री आएर आफुहरुको अवस्थाका बारेमा जानकारी लिएर पछि स्थानीयबासी खुशी भएका छन् ।

मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..
काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..
3 घन्टा पहिले
गृहमन्त्री लेखकले दिए राजीनामा
काठमाडौं , भदौ २३ गते। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प..
3 घन्टा पहिले
काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने
काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..
19 घन्टा पहिले
ऋषि तर्पणीवाट सोह्र श्राद्ध शुरु, गंगासागरमा तर्पण गर्न..
जनकपुरधाम ,भदौ २२ गते । प्रत्येक वर्ष भदौ महिनाको कृष्णपक्ष प्रतिपदा तिथिबाट शुरु हुने सोह्र श्राद्ध शुरु हुनु ..
19 घन्टा पहिले
सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..
काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..
2 दिन पहिले