Janakpurdham
Sun, May 03, 2026
`

सरकारले कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप ‘डिस्पोजल’ गर्दै

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं , माघ ६ गते । सरकारले कोरोना भाइरस विरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसर्जन गर्ने तयारी गरेको हो ।मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप विसर्जनको तयारी भइरहेको जानकारी दिए । ‘खोप प्रयोग नभएपछि म्याद सकिएको छ,’ उनले भने, ‘धेरै मात्रा खोप भएकाले के कसरी विसर्जन गर्ने भन्ने विषयमा कार्यविधि बनाउँदै छौँ ।’प्रवक्ता डा बुढाथोकीका अनुसार खोपलाई धेरै तापक्रममा वा इँटा भट्टामा राखेर जलाउने भन्नेमा छलफल भइरहेको छ । बुस्टर डोजका लागि प्रयोग हुन नमिल्ने भएपछि विगत साढे दुई वर्षदेखि स्वास्थ्य सेवा विभागको केन्द्रीय भण्डारणमा खोप थन्किएका उनको भनाइ थियो ।

 विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले बुस्टर डोजका लागि प्रयोग गर्न नभनेपछि राष्ट्रिय खोप सल्लाहकार समितिले उक्त खोप नलगाउने निर्णय गरेको थियो । उक्त खोप चीन सरकारबाट अनुदानमा विसं २०७८ वैशाख १२ गते ३४ लाख ४३ हजार तीन सय ६० मात्रा र वैशाख १४ गते पाँच लाख ५६ हजार ६ सय ४० मात्रा खोप नेपाल आएको थियो ।बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले बुस्टर डोजका लागि प्रयोग गर्न नमिल्ने तथा पहिलो र दोस्रो मात्रा खोप लगाउने मानिस नभएपछि खोपको प्रयोग नभएको बताए ।‘कोरोना महामारीको बेला खोपको माग गरेर आएको हो । खोप नेपाल आउँदा धेरै मानिसले पहिलो र दोस्रो मात्रा लगाइसकेका थिए’, उनले भने, ‘खोपलाई डब्लुएचओले बुस्टरका लागि प्रयोग गर्न नमिल्ने भनेपछि हामीले प्रयोग गर्न सकेनौँ ।’ बुस्टर डोजका लागि साइनोभ्याकको सट्टा फाइजर खोप प्रयोग गरिएको थियो ।साभार : नेपाल पे्रस

`
12 comments
राष्ट्रपतिद्वारा तीन अध्यादेश जराी

काठमाडौं, वैशाख १९ : राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन अध्यादेश जारी गरेका छन्।  सरकारको सिफारिसमा राष्ट्रपत..

16 घन्टा पहिले

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन सूचना ..

काठमाडौं, वैशाख १९ : सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.विक्रम तिमिल्सिनाले सूचना प्रविधि अहिले नागरिकको आधारभू..

16 घन्टा पहिले

सरकारले सुकुम्बासीमाथि युद्द र अपराधिको व्यवहार गर्यो : ..

काठमाडौं, वैशाख १८ : नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गरेका छन्। श..

2 दिन पहिले

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानम..

काठमाडौं, वैशाख १८ : प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गरेका छन्। ..

2 दिन पहिले

अहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उत..

काठमाडौं, वैशाख १७ : राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्..

3 दिन पहिले