शिक्षक र विद्यार्थीको सहयोगमा बालविवाह रोक्न पहल
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
महोत्तरी, माघ ७ गते । जलेश्वर नगरपालिकाले नगर क्षेत्रमा भइरहेको बालविवाह न्यूनीकरणका लागि शिक्षक तथा विद्यार्थीको सहयोग लिने भएको छ । बालविवाहमा अभिभावकको मुख्य भूमिका रहेको ठम्याउँदै नगरपालिकाले छात्रछात्रा तथा शिक्षकलाई बालविवाह न्यूनीकरणको प्रशिक्षण दिएर अभिभावकमा जनचेतना जगाउने कार्यमा खटाउने योजना बनाएको हो । जलेश्वर नगरपालिकामा आयोजना गरिएको बालविवाह न्यूनीकरणका लागि रूपान्तरण कार्यव्रmममा सहभागी वक्ताहरूले अभिभावकलाई सम्झाउन तथा जनचेतना जगाउन शिक्षक तथा विद्यार्थीको भूमिका महìवपूर्ण भएको तर्क गरेपछि उपप्रमुख रौसन खातुनले ती कार्यमा शिक्षक तथा विद्यार्थीलाई खटाउने बताउनुभयो ।
उहाँले बालविवाह न्यूनीकरणमा शिक्षक र विद्यार्थीलाई प्रशिक्षण दिएर पठनपाठनबाट फुर्सद पाएको समयमा बालविवाह न्यूनीकरणका लागि जनचेतना जगाउने कार्यमा लगाइने छ । उपप्रमुख खातुनले स्थानीय सरकारको आगमनसँगै शिक्षा क्षेत्रमा सुधारका साथसाथै बालविवाह तथा बाल हिंसामा कमी आएको ठोकुवा गर्नुभयो । युनिसेफको सहयोगमा जलेश्वर नगरपालिका तथा लाइफ नेपालले जलेश्वर नगरपालिकाका नौ सामुदायिक विद्यालयमा अध्ययनरत चार जना छात्रछात्रा तथा दुई जना शिक्षकलाई यस कार्यमा खटाउन चाँडै प्रशिक्षण दिइने लाइफ नेपालका जिल्ला संयोजक रिङ्कुकुमारी चौधरीले बताउनुभयो । लाइफ नेपालले जलेश्वर नगरपालिकासहित बर्दीबास, मनरासिस्वा नगरपालिका तथा सम्सी र एकडारा गाउँपालिकामा समेत बालविवाह न्यूनीकरणका लागि कार्य गरिरहेको जानकारी दिएको छ । नेपालमा बालविवाहको क्षेत्रमा मधेश सबैभन्दा अगाडि रहेकाले पनि मधेशमा यो कार्यव्रmमले निरन्तरता पाएको देखिएको छ ।
साभार : गोरखापत्र
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
17 घन्टा पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
18 घन्टा पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
17 घन्टा पहिले
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..
काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..
2 दिन पहिले
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..
काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..
2 दिन पहिले
-
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश
-
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
-
केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय मत, अरु कसलाई कति मत ?
-
श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृति र व्यापार प्रवद्र्धनलाई प्राथमिकता दिने