Janakpurdham
Sat, Oct 25, 2025
`

शिक्षक र विद्यार्थीको सहयोगमा बालविवाह रोक्न पहल

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

महोत्तरी, माघ ७ गते । जलेश्वर नगरपालिकाले नगर क्षेत्रमा भइरहेको बालविवाह न्यूनीकरणका लागि शिक्षक तथा विद्यार्थीको सहयोग लिने भएको छ । बालविवाहमा अभिभावकको मुख्य भूमिका रहेको ठम्याउँदै नगरपालिकाले छात्रछात्रा तथा शिक्षकलाई बालविवाह न्यूनीकरणको प्रशिक्षण दिएर अभिभावकमा जनचेतना जगाउने कार्यमा खटाउने योजना बनाएको हो । जलेश्वर नगरपालिकामा आयोजना गरिएको बालविवाह न्यूनीकरणका लागि रूपान्तरण कार्यव्रmममा सहभागी वक्ताहरूले अभिभावकलाई सम्झाउन तथा जनचेतना जगाउन शिक्षक तथा विद्यार्थीको भूमिका महìवपूर्ण भएको तर्क गरेपछि उपप्रमुख रौसन खातुनले ती कार्यमा शिक्षक तथा विद्यार्थीलाई खटाउने बताउनुभयो । 

उहाँले बालविवाह न्यूनीकरणमा शिक्षक र विद्यार्थीलाई प्रशिक्षण दिएर पठनपाठनबाट फुर्सद पाएको समयमा बालविवाह न्यूनीकरणका लागि जनचेतना जगाउने कार्यमा लगाइने छ । उपप्रमुख खातुनले स्थानीय सरकारको आगमनसँगै शिक्षा क्षेत्रमा सुधारका साथसाथै बालविवाह तथा बाल हिंसामा कमी आएको ठोकुवा गर्नुभयो । युनिसेफको सहयोगमा जलेश्वर नगरपालिका तथा लाइफ नेपालले जलेश्वर नगरपालिकाका नौ सामुदायिक विद्यालयमा अध्ययनरत चार जना छात्रछात्रा तथा दुई जना शिक्षकलाई यस कार्यमा खटाउन चाँडै प्रशिक्षण दिइने लाइफ नेपालका जिल्ला संयोजक रिङ्कुकुमारी चौधरीले बताउनुभयो । लाइफ नेपालले जलेश्वर नगरपालिकासहित बर्दीबास, मनरासिस्वा नगरपालिका तथा सम्सी र एकडारा गाउँपालिकामा समेत बालविवाह न्यूनीकरणका लागि कार्य गरिरहेको जानकारी दिएको छ । नेपालमा बालविवाहको क्षेत्रमा मधेश सबैभन्दा अगाडि रहेकाले पनि मधेशमा यो कार्यव्रmमले निरन्तरता पाएको देखिएको छ । 

साभार : गोरखापत्र

`
12 comments
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

1 दिन पहिले

धमाधम छठ पर्वको तयारी सुरु

जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..

1 दिन पहिले

जनकपुरधाममा छठपर्वको तयारी सुरु

धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..

2 दिन पहिले

तोकिएकै समयमा निर्वाचन हुनुपर्छः प्रचण्ड

महेन्द्रनगर (धनुषा) ,कार्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्..

2 दिन पहिले

जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..

काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..

3 दिन पहिले