मधेश सीटीईभीटी परीक्षाफलमा २९ विद्यार्थीकाे अंक बढाइएकाे खुलासा, दुई कर्मचारी निष्काशित
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,माघ २४ गते । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) मधेश प्रदेशले विभिन्न शैक्षिक प्रतिष्ठानमा निःशुल्क छात्रवृत्तितर्फ डिप्लोमा तथा प्रमाणपत्र अध्ययनका लागि लिएको परीक्षाको परीक्षाफलमा कर्मचारीले नियतवश अंकोन्नति गरेको खुलेको छ ।
सीटीईभीटी मधेश प्रदेशले प्रकाशित गरेको रिजल्ट (परिणाम) गलत रहेको भन्दै विभिन्न संगठनहरूले दबाब दिएपछि छानबिन समिति गठन गरेको थियो । समितिले छानबिन गर्दा कर्मचारीले नियतवश अंकोन्नति गरेको खुलेको हो ।
छानबिन समितिको सिफारिसमा सीटीईभिटीको परीक्षा समितिले २९ विद्यार्थीको अंकोन्नति गरेको देखिएको भन्दै ति विद्यार्थीको सिफारिश रद्द र नियतवश अंकोन्नति गर्ने दुई कर्मचारीलाई हटाउने निर्णय गरेको छ । सिफारिस रद्द गरिएकोमा डिप्लोमा र प्रमाणपत्र तहतर्फ फार्मेसी, स्टाफनर्स, एचए, आयुर्वेद एचए, ल्याब, कृषि विषयका विद्यार्थी हुन् ।
उनका अनुसार रिजल्ट कम्युटरमा प्रविष्टि गर्दा अस्वाभाविक अंकोन्नति गरिएको विषयमा छानविन भएको छ । अस्वभाविक अंकोन्नति गरेको ठहरसहित प्रशासन सहायक गजेन्द्र मुखिया र सूचना तथा प्रविधि अधिकृत सिम्पी सिंहलाई जागिरबाट हटाइएको छ । उनी दुबैजना करारका कर्मचारी थिए ।
प्रलोभनमा परेर प्रशासन सहायक मुखिया र सूचना तथा प्रविधि अधिकृत सिंहले योग्य विद्यार्थीलाई निःशुल्क पढ्नबाट वञ्चित गराएको र कम अंक ल्याउने विद्यार्थीको सिफारिस हुनेगरी अंकोन्नति गरेका थिए ।मापदण्ड विपरीत अंकोन्नति प्रकरणमै मुछिएकाले सिटिइभिटी मधेश प्रदेशका निर्देशक अरविन्दकुमार चौधरीलाई यसअघि नै केन्द्रीय कार्यालय काठमाडौंमा तानिसकेको छ । उनको ठाउँमा प्रमुख निर्देशक भएर नागेन्द्र साहलाई पठाइएको छ ।
परीक्षाफल प्रकाशन गर्ने कार्यमा समिति तथा विभिन्न उपसमितिमा रहेर काम गरेका उपनिर्देशक, सूचना प्रविधि अधिकृत, प्रशासकीय अधिकृत, लेखा अधिकृतसहित ८ कर्मचारीमाथि अझै छानविन भइरहेको छ ।
साभार : नेपाल प्रेस
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
1 दिन पहिले
धमाधम छठ पर्वको तयारी सुरु
जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..
1 दिन पहिले
जनकपुरधाममा छठपर्वको तयारी सुरु
धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..
2 दिन पहिले
तोकिएकै समयमा निर्वाचन हुनुपर्छः प्रचण्ड
महेन्द्रनगर (धनुषा) ,कार्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्..
2 दिन पहिले
जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..
काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..
3 दिन पहिले