
भारतीय राजदूत श्रीवास्तवद्वारा छात्रवृत्ति प्राप्त गरेका ९ जनालाई रोल अफ अनर प्रदान
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं ,चैत ३ गते ।काठमाडौंस्थित भारतीय राजदूतावासले शुक्रबार २२औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनाएको छ । दूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वर्ण जयन्ती छात्रवृत्ति प्राप्त गरेका पहिलो ब्याचका ९ जना विद्यार्थीलाई राजदूतको स्वर्ण जयन्ती छात्रवृत्ति रोल अफ अनर प्रदान गरेका हुन् ।
राजदूत श्रीवास्तवले २२औं ब्याचका स्वर्ण जयन्ती छात्रवृत्ति विजेता विद्यार्थी तथा राजदूतको विशेष रोल अफ अनरको पहिलो संस्करण विजेता विद्यार्थीलाई बधाई दिँदै आ–आफ्नो क्षेत्रमा उत्कृष्ट हुन प्रेरित गरेका छन् ।
उनले भारतमा स्टार्ट अप इकोसिस्टम, इन्क्युबेशन सेन्टर आदिमा आबद्ध भई एवम् सहकार्य गरी युवाहरूका लागि सिर्जना गर्न सकिने अवसरहरूबारे बताउँदै विद्यार्थीलाई सहकार्य गर्न सकिने क्षेत्रहरू खोज्न प्रोत्साहित गरेका छन् ।
करिब २०० जना विद्यार्थीले उत्साहजनक रुपमा सहभागिता जनाएका थिए । भारत र नेपालबीचको आर्थिक सहकार्य ५० वर्ष पूरा भएको उपलक्ष्यमा सन् २००२ मा प्रतिष्ठित स्वर्ण जयन्ती छात्रवृत्ति स्थापना गरिएको हो । पछिल्लो केही वर्षमा छात्रवृत्ति प्राप्त गर्नेको संख्या २०० पुगेको छ । विद्यार्थीले एमबीबीएस, बीडीएस, बीई, बीएससी, बीबीए र बीकमसहित ३६ वटा स्नातक कोर्षका लागि छात्रवृत्ति पाउनेछन् ।
छात्रवृत्ति योजनाबाट नेपालका ७७ वटै जिल्लाका ३३०० भन्दा बढी नेपाली विद्यार्थी लाभान्वित भइसकेको दूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ । छात्रवृत्ति पाएका यस पटकको ब्याचका विद्यार्थी नेपालका ७६ जिल्लाबाट रहेका छन् ।
जसमा ३२ प्रतिशत छात्रा छन् । यो वर्ष पाँच जना फरक क्षमता भएका विद्यार्थीलाई पनि छनौट गरिएको छ । नेपाल र भारतका विश्वविद्यालयमा अन्डरग्राजुएट तथा ग्राजुएट तहमा औषधी विज्ञान, इन्जिनियरिङ, दन्त विज्ञान, व्यवस्थापन, कमर्स, नर्सिङ, आयुर्वेद, नृत्य, नाट्य कला, पर्फमिङ आर्टस लगायत अन्य संकायका विषय अध्ययनका लागि भारत सरकारले झन्डै १६०० छात्रवृत्ति प्रदान गर्दछ ।
सन् २००१ यता ३८००० जना नेपाली विद्यार्थीले यो छात्रवृत्ति योजनाको लाभ उठाइसकेका छन् । भारत र नेपालबीच शिक्षा तथा क्षमता अभिवृद्धिको क्षेत्रमा लामो समयदेखि साझेदारी रही आएको छ ।
यस किसिमको छात्रवृत्ति तथा क्षमता अभिवृद्धि कार्यक्रमले नेपालको मानव संशाधन विकास तथा यस क्षेत्रको समग्र सामाजिक एवम् आर्थिक विकासमा भारतले गरेको प्रयासमा थप बल प्रदान गरेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साभार : मिडिया डबली

मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..
काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..
3 घन्टा पहिले
गृहमन्त्री लेखकले दिए राजीनामा
काठमाडौं , भदौ २३ गते। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प..
3 घन्टा पहिले
काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने
काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..
19 घन्टा पहिले
ऋषि तर्पणीवाट सोह्र श्राद्ध शुरु, गंगासागरमा तर्पण गर्न..
जनकपुरधाम ,भदौ २२ गते । प्रत्येक वर्ष भदौ महिनाको कृष्णपक्ष प्रतिपदा तिथिबाट शुरु हुने सोह्र श्राद्ध शुरु हुनु ..
19 घन्टा पहिले
सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..
काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..
2 दिन पहिले