रामजानकी कोचिङ सेन्टरले गरे एसईईका विद्यार्थीलाई बिदाई
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, चैत ४ गते । जनकपुरधाम स्थित रामजानकी कोचिङ सेन्टरमा पढाई गरिरहेको एसईईका बिद्यार्थीहरुलाई उज्जवल भविश्यको कामना सहित आइतबार बिदाई गरिएको छ । सो कोचिङ सेन्टरमा एसईईका तयारी गरिरहेका ७ सय ५० जना विद्यार्थीहरु मध्ये २ सय ५० जनालाई विदाई गरिएको सो कोचिङ सेन्टरका प्रशासन प्रमुख नविन मिश्रले जानकारी दिनुभयो ।
बिभिन्न विद्यालयमा समेत बिदाई समारोह भएकाले कोचिङ सेन्टरमा अध्ययनरत बिद्यार्थीहरु मध्ये धेरै जना सो विदाई समारोहमा सहभागी हुन नसकेको बताउनु भयो । विदाई समारोहमा विद्यार्थीहरुलाई सो सेन्टरका शिक्षक दयाकान्त झाले शिक्षकले सिकाएका विषयले परिक्षामा सहयोग हुने बताउनु भयो ।
एसईई परिक्षा पास गरेपछि उद्देश्यका साथ अगामी शैक्षिक क्रियाकलापमा लाग्न आग्रह गर्नुभयो । सहभागीहरुलाई शिक्षक श्रीचन्द्र साहले आफ्ुले सिकेका कुरालाई व्यवहारमा लागुगर्न आग्रह गर्नुभयो । विदाई समारोहमा बोल्दै सो कोचिङ सेन्टरका विद्यार्थी जितेन्द्र कुमार यादवले विद्यालयमा पढ्दा खासै पढाईमा ध्यान नदिएपछि यो कोचिङमा पढ्दै गर्दा कक्षामा प्रथम भएको कुरा सुनाए ।
बिद्यार्थीहरुलाई सो कोचिङ सेन्टरका शिक्षकहरु संस्थापक गणेश कुमार साह, शिक्षकहरु दयाान्त झा, श्रीचन्द्र साह, संजय ठाकुर, ध्रुव मंडल लगायतकाले खादा अविर लगाई विदाई गर्नुभएको थियो ।
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
1 दिन पहिले
धमाधम छठ पर्वको तयारी सुरु
जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..
1 दिन पहिले
जनकपुरधाममा छठपर्वको तयारी सुरु
धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..
2 दिन पहिले
तोकिएकै समयमा निर्वाचन हुनुपर्छः प्रचण्ड
महेन्द्रनगर (धनुषा) ,कार्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्..
2 दिन पहिले
जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..
काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..
3 दिन पहिले