Janakpurdham
Thu, Aug 06, 2026
`

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ मधेश प्रदेशको प्रथम अधिवेशन सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, वैशाख २२ गते । मधेश प्रदेश जनकपुरधाममा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ मधेश प्रदेशको प्रथम अधिवेशन कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्तिक यातायात व्यवसायी संघको शनिवार अधिवेशन कार्यक्रम गरिएको हो । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका प्रदेश संयोजक हरिनारायण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एवं मधेश प्रदेश सरकारका पूर्व मन्त्री विरेन्द्र प्रसाद सिंहले अधिवेशनवाट कुशल नेतृत्व चयन गर्न आग्रह गरे ।

उनले यातायात व्यवसायीहरुको संरक्षण तथा समवर्धनका लागि निति र सिद्धान्तका साथ अगाडि बढ्नुपर्ने धारणा राखे । मन्त्री सिंहले तरल राजनितिक अवस्थाका कारण कुनै पनि व्यवसायको अवस्था ठिक नभएको ध्यानाकर्षण गराए । उनले मधेशको नाम भजाएर तथा निति सिद्धान्त नभएको पार्टिलाई विस्थापित गर्नुपर्ने धारणा राख्दै मिश्रीत निर्वाचन प्रणालि प्रति दुखेसाे व्यक्त गरे ।

अधिवेशन कार्यक्रमका विशिष्ट अतिथि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, नेपाल लोकतान्त्तिक यातायात व्यवसायी संघका केन्द्रिय अध्यक्ष योगेन्द्रनाथ कमाचार्य , नेपाली कांग्रेस धनुषाका उपसभापति गणेश झा , नेपाली कांग्रेसका नेता गणेश तिवारी , रामजानकी यातायात प्रा.लि.का अध्यक्ष तथा नेपाली कांग्रेसका नेता मनोज चौधरी, नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंह लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

18 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

18 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

3 दिन पहिले