Janakpurdham
Tue, Aug 05, 2025
`

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ मधेश प्रदेशको प्रथम अधिवेशन सम्पन्न

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, वैशाख २२ गते । मधेश प्रदेश जनकपुरधाममा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ मधेश प्रदेशको प्रथम अधिवेशन कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्तिक यातायात व्यवसायी संघको शनिवार अधिवेशन कार्यक्रम गरिएको हो । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघका प्रदेश संयोजक हरिनारायण यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि एवं मधेश प्रदेश सरकारका पूर्व मन्त्री विरेन्द्र प्रसाद सिंहले अधिवेशनवाट कुशल नेतृत्व चयन गर्न आग्रह गरे ।

उनले यातायात व्यवसायीहरुको संरक्षण तथा समवर्धनका लागि निति र सिद्धान्तका साथ अगाडि बढ्नुपर्ने धारणा राखे । मन्त्री सिंहले तरल राजनितिक अवस्थाका कारण कुनै पनि व्यवसायको अवस्था ठिक नभएको ध्यानाकर्षण गराए । उनले मधेशको नाम भजाएर तथा निति सिद्धान्त नभएको पार्टिलाई विस्थापित गर्नुपर्ने धारणा राख्दै मिश्रीत निर्वाचन प्रणालि प्रति दुखेसाे व्यक्त गरे ।

अधिवेशन कार्यक्रमका विशिष्ट अतिथि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, नेपाल लोकतान्त्तिक यातायात व्यवसायी संघका केन्द्रिय अध्यक्ष योगेन्द्रनाथ कमाचार्य , नेपाली कांग्रेस धनुषाका उपसभापति गणेश झा , नेपाली कांग्रेसका नेता गणेश तिवारी , रामजानकी यातायात प्रा.लि.का अध्यक्ष तथा नेपाली कांग्रेसका नेता मनोज चौधरी, नेपाल प्रेस युनियन धनुषाका अध्यक्ष राजन सिंह लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

`
12 comments
धरौटी बुझाएर दुर्गा प्रसाईं रिहा

काठमाडौं ,श्रावण १९ गते । उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उनलाई अदालते ग..

3 घन्टा पहिले

कक्षा १२ नतिजाः ६१ प्रतिशत ग्रेडेड, प्रदेश र विषयअनुसार ..

काठमाडौं  ,श्रावण १९ गते । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार साँझ क..

3 घन्टा पहिले

बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..

काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..

2 दिन पहिले

लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..

काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..

2 दिन पहिले

‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’

काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..

3 दिन पहिले