Janakpurdham
Fri, Oct 16, 2026
`

धनुषा तथा महोत्तरीका चार पालिकामा डिप बोरिङ, २ सय हेक्टरमा सिँचाई

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,जेठ ३ गते ।  धनुषा तथा महोत्तरी जिल्लाको दक्षिणी भेगमा सिँचाइका लागि पानीको अभाव भएपछि खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाले चार पालिकामा ४ वटा डिप बोरिङ जडान गरेको छ । 

धनुषाको धनौजी, मुखियाट्टी मुसहरनीया र महोत्तरीको पिपरा तथा एकडरा वेला गाउँपालिकामा गरेर ४ वटा डिपवोरिङ्गको जडान गर्ने काम सम्पन्न भएको आयोजनाका कलष्टर इकाईका प्रमुख युगल किशोर तिवारीले जानकारी दिनु भएको छ । 

धनुषाको धनौजी गाउँपालिकामा जडान भएको डिप वोरिङ्गवाट आफै पानी आएपछि स्थानीय किसानलाई राहत हुनुको साथै खाने पानी तथा स्नानका लागि गरिब तथा विपन्न वर्गका व्यक्तिलाई ठूलो राहत मिलेको छ । बहु वर्षे योजना अन्तर्गत एक पालिकामा १ वटा डिप बोरिङका साथै त्यसको संरचनाको निर्माण गरिने भएको छ । 

कृषि योग्य भूमिमा क्षति नपुग्ने गरि पाइप जडान गरेर खेत खेतमा सिँचाई गर्ने योजना गरेको छ । एक वटा डिप वोरिङ्गवाट एक पालिकामा ४० देखि ५० हेक्टर क्षेत्रफलमा सिँचाई सेवा पुग्ने भएको छ । उपभोक्ता समिति मार्फत शुरुको वर्षमा प्रत्येक पालिकामा ६० लाखको दरमा ठेक्का गरेकोमा एक पालिकामा ३६ लाखमा कबोल भएर डिप वोरिङ्ग जडान गर्ने काम भएको छ । 

मधेश प्रदेशका जिल्लाहरूमा विगत दुई वर्ष यता पर्याप्त मात्रामा वर्षा नपरेका कारणले खाने पानी तथा सिँचाइको चरम अभाव भएपनि आयोजनाले चालु आर्थिक वर्षमा डिप वोरिङ्ग जडान गरेको छ । बाँकी संरचनाहरूको निर्माण अर्को आर्थिक वर्ष देखि हुने भएको छ । 

सिँचाइका लागि पाइपको जडान, विजुलीबत्ती जडान तथा पावर हाउसको निर्माण गर्न बाँकी नै रहेको आयोजनाका क्लष्टर इकाई धनुषाका कृषि विकास अधिकृत रितेश कुमार झाले जानकारी दिनु भएको छ । डिप बोरिङको सञ्चालन पूर्ण क्षमतामा भएपछि ती चार पालिकाको करिब २ सय हेक्टर कृषि योग्य भूमिमा सिँचाई सुविधा पुग्ने भएको छ ।   

साभार : रेडियो नेपाल

`
12 comments
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

8 घन्टा पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

9 घन्टा पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

8 घन्टा पहिले

केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) तर्फ केसीको लोकप्रिय ..

काठमाडौं, असोज २८ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मतगणना जारी छ । केन्द्रीय सदस्य पेसागत (विषयविज्ञ) त..

1 दिन पहिले

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले पर्यटन, संस्कृतà¤..

काठमाडौं, असाेज २८ : श्रीलंकाका लागि नेपाली राजदूतमा नियुक्तिका लागि प्रस्तावित डा. मंचला कुमारी झाले पर्यटन सम्à¤..

1 दिन पहिले