Janakpurdham
Sat, Feb 15, 2025
`

भारतमा भाजपा गठबन्धनलाई बहुमत अग्रता

9 महीना पहिले प्रकाशित

Esandhyakalin

`

एजेन्सी,
नयाँदिल्ली,जेठ २२ गते । भारतमा भएको १८ औँ लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । ५४२ सिटका लागि भइरहेको मतगणनामा भारतीय जनता पार्टी (भाजपा) को गठबन्धन एनडीएले बहुमत सिटमा अग्रता लिएको छ ।

बहुमतका लागि २७२ सिट जिते पुग्नेमा एक सिटमा भाजपा निर्विरोध विजयी भएको थियो । ५४२ मध्ये ४९० सिटको गणनामा एनडीएले २७५ सिटमा अग्रता लिएको छ । विपक्षी कांग्रेस गठबन्धन इन्डियाले १९५ सिटमा अग्रता लिएको छ । बिहान स्थानीय समयअनुसार बिहान ८ बजेदेखि मतगणना शुरु भएको हो ।

गत १९ अप्रिलदेखि शुरु भएको भारतको इतिहासमै सबैभन्दा दोस्रो लामो चुनाव सात चरणमा सकिएको थियो । सन् १९४२ पछि पहिलो पटक यो चुनाव सबैभन्दा लामो ४४ दिनको भएको हो । सन् १९५२ मा चुनाव ४ महिना चलेको थियो । गत जुन १ तारिख (शनिबार जेठ १९ गते) चुनाव सकिएपछि सार्वजनिक गरिएका एग्जिट पोलमा भाजपाको गठबन्धन एनडीएले नै सरकार बनाउने बताएको छ ।

५४३ सिटमध्ये एक सिटमा भाजपा निर्विरोध निर्वाचित भइसकेको छ । चुनाव सकिएपछि गरिएको इग्जिट पोलअनुसार नरेन्द्र मोदीले लगातार तेस्रो कार्यकाल सरकार बनाउने देखाएको छ ।

सोहीअनुसार अहिले अग्रता पनि देखिएको छ । विभिन्न एक दर्जन एग्जिट पोलले नरेन्द्र मोदीले नै सत्ता सञ्चालनमा ह्याट्रिक गर्ने देखाएको हो । भारतीय जनता पार्टीको गठबन्धनले ३७० लेखि ४०० सम्म सिट जित्ने दाबी भइरहेको छ । के एग्जिट पोलको नतिजा एक्ज्याक्ट पोलमा बदलिने लगभग पक्का छ ।

१२ एग्जिट पोलले एनडीएलाई ३५० भन्दा बढी सिट आउने दाबी गरेअनुसार २४२ सिटका लागि भएको मतदानमा बहुमतका लागि २७२ सिट जिते पुग्छ । एसएएएम–जनकी बातले एनडीएलाई ३७७ सिट जित्ने दाबी गरिरहँदा आईएनडीआईएलाई मात्र १५१ सिट जित्ने बताएको छ । त्यस्तै अन्यमा मात्र १५ सिट जित्ने दाबी गरिएको छ ।

इन्डिया न्यूज–पोलस्ट्रेटले एनडीएलाई ३७१ सिट तथा आईएनडीआईएलाई मात्र १२५ सिट जाने बताएको छ । अन्यले ४७ सिट जित्ने अनुमान छ र रिपब्लिक भारत– म्याट्रिजले एनडीएलाई ३६१ सिट जित्ने बताएको छ भने आईएनडीआईएले १२६ सिट जित्ने बताएको छ ।

अन्यले ५६ सिट जित्ने बताएको छ । रिपब्लिक टीभी–पी एमएआरक्यूले एनडीएले ३५९ तथा आईएनडीआईएले १५४ सिट जित्ने बताएको छ । अन्य दलले मात्र ३० सिट जित्नेछन् । इन्डिया न्यूज – डी डायनामिक्सले एनडीएलाई ३७१, आईएनडीआईएलाई १२५ तथा अन्यलाई ४७ सिट जाने बताएको छ ।

न्यूज नेशनले एनडीएले ३६०, आईएनडीआईएले १६१ तथा अन्यले २२ सिट जित्ने बताएको छ । यसअघि चुनाव शुरु हुनुअघि इन्डिया टुडे ग्रुपले सी–भोटरसँग मिलेर गरेको सर्वे अनुसार मोदीले सन् २०१४ देखि अहिलेसम्म दुई पटक सरकारको नेतृत्व गरिसकेका छन् ।

उनको काम र शैलीसँगै उनको प्रसिद्धिका कारण पनि भाजपाले तेस्रो पटक मोदीको नेतृत्वमा सरकार बनाउने दाबी गरिएको थियो । ५४३ सिटमध्ये एनडीएले ३३५ सिट जित्ने अनुमान गरिएको छ ।

कांग्रेस आई सम्मिलित इन्डिया ब्लकको खातामा १६६ तथा अन्यलाई ४२ सिट जाने अनुमान गरिएको छ । भाजपा एक्लै लड्दासमेत ३०४ सिट जित्ने सर्वेक्षणले दाबी गरेको छ । कांग्रेसले ७१ तथा अन्य दलहरुले १६८ सिट जित्ने अनुमान गरिएको छ ।

साभार : मिडिया डबली

`
12 comments
जनतामा सेवा प्रवाह गर्न गठबन्धन सरकार आवश्यक : उपप्रधानम..

काठमाडौं, फागुन १ गते । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतामा सेवा प्रवाह गर्न गठबन्ध..

1 दिन पहिले

मधेश प्रदेशमा नसर्ने रोगको परीक्षण गर्ने अभियान शुरु

जनकपुरधाम, फागुन १ गते । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले नसर्ने रोग पहिचान स..

1 दिन पहिले

मधेश प्रदेशका सभामुख विश्वविद्यालयका विद्यार्थीहरूला..

जनकपुरधाम, माघ ३० गते ।मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल राजर्षि जनक विश्वविद्यालयका कानून शास्त्र संकायका ..

2 दिन पहिले

मधेश प्रदेशका किसानलाई सूचीकरणमा सहभागी हुन आग्रह, अनुद..

जनकपुरधाम, माघ ३० गते ।  मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले किसानहर..

2 दिन पहिले

धनुषाधाममा लाग्ने प्रसिद्ध मक्कर मेला सम्पन्न

जनकपुरधाम, माघ २९ गते ।  धनुषा जिल्लास्थित प्रसिद्ध धार्मिक स्थल धनुषाधाममा माघ महिनाभरि आयोजना हुने मक्कर म..

3 दिन पहिले