
दिल्लीमा पानीको अभाव, अनिश्चितकालीन भोक हड्तालमा बसिन् जलमन्त्री
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin

एजेन्सी,
नयाँदिल्ली,जेठ ८ गते ।। गर्मीको समयमा शहर लगातार तातो हुँदै जाँदा शनिबार राजधानी दिल्लीका केही भागमा ट्याङ्करबाट पानी ल्याउन मानिसहरूको लामो लाइन देखिएको थियो ।
गर्मीमा राजधानी दिल्लीमा पानीको अभावका कारण मयूर विहार क्षेत्रका गाउँ, सञ्जय कलोनी, ओखला क्षेत्र र गीता कलोनीका मानिसहरू लाइनमा उभिएर क्यान र बाल्टी समातेर पानीको ट्याङ्कर वरिपरि घुमिरहेको बिहानको दृश्यले देखाएको छ ।
बढ्दो तापक्रमको बीचमा यी दृश्यहरू यो वर्षको गर्मी मौसम सुरु भएदेखि नै राजधानी क्षेत्रमा दैनिक घटना बनेका छन् ।
उनले भनेकी छन्, ‘केजरीवाल टीभीमा दिल्लीका मानिसहरू पानीको अभावका कारण पीडाको सामना गर्न बाध्य भएको देखेर आफूलाई दुःख लागेको भावना सम्प्रेषण गरिदिनु भयो । केजरीवालले आतिशीको ‘तपस्या’ सफल हुने र दिल्लीवासीले पानीको समस्याबाट राहत पाउने आशासहित अतिशीलाई शुभकामना दिनुभयो ।’
यद्यपि भारतीय जनता पार्टीले भने पानी सङ्टलाई लिएर दिल्ली सरकारलाई आक्रमण जारी राखेको छ ।
भाजपाका सांसद बांसुरी स्वराजले आप सरकारले ‘भ्रष्टाचारलाई प्रोत्साहित गर्न’ संकटलाई ‘योजनाबद्ध’ गरेको आरोप लगाए ।
पानीको सङ्कट प्राकृतिक सङ्कट नभई केजरीवाल सरकारले आफ्नै भ्रष्टाचारलाई प्रोत्साहित गर्दै अवैध ट्याङ्कर माफियालाई प्रोत्साहित गर्ने योजना बनाएको स्वराजले उल्लेख गरे ।
उनले शहर सुख्खा भइ दिल्ली असहज अवस्थामा हुँदा केजरीवाल सरकार केवल नाटकमा लिप्त रहेको उल्लेख गर्दै मन्त्री आतिशीले पर्याप्त कदम चाल्नुको सट्टामा केवल नाटकमा व्यस्त भई दिल्लीवासीलाई अनसनको धम्की दिइरहेको बताए ।
साभार : नेपाल प्रेस

"अस्पताल विकास समितिमा कर्मचारी युनियन गठन"
जनकपुरधाम, भदौ १९ गते । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत “अस्पताल विकास समिति कर्मचारी युनियन, ट्रेड..
14 घन्टा पहिले
नेपाल नागरिकतासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने ..
काठमाडौँ ,भदौ १८ गते । प्रतिनिधिसभाको आजको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि राष्ट्रियसभा..
16 घन्टा पहिले
मेधावी विद्यार्थीलाई आकर्षित गर्न “विद्यार्थी माझ लोक ..
जनकपुरधाम ,भदौ १८ गते । सार्वजनिक प्रशासनलाई सक्षम तथा सबल बनाउनका लागि लोकसेवा आयोगले विभिन्न विश्व विद्यालय..
16 घन्टा पहिले
राष्ट्रिय सभाबाट संघीय निजामती विधेयक सर्वसम्मत रुपमा ..
काठमाडौं, भदौ १७ : राष्ट्रिय सभाबाट संघीय निजामती विधेयक सर्वसम्मत रुपमा पारित भएको छ। मंगलबार बसेको सभाको बैठ..
2 दिन पहिले
संचार कानुनहरु संशोधन गर्न धेरै चुनौतीहरु छन् : मन्त्री ..
काठमाडौं, भदौ १७ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले २०८१/८२ भित्रै सञ्चार क्षेत्रको का..
2 दिन पहिले