Janakpurdham
Sun, Oct 19, 2025
`

प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री माेदीबीच अनौपचारिक भेट

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

चीन भदौ १५ गते । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक भेट भएको छ । चीनका राष्ट्रपति सी चिनफिङ र उहाँकी धर्मपत्नी पेङ लियुआनद्वारा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनमा सहभागी मुलुकका लागि आयोजित स्वागत समारोहमा उहाँहरूबीच अनौपचारिक कुराकानी भएको हो ।

चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा आयोजित सांस्कृतिक प्रस्तुतिसहितको रात्रिभोजमा प्रधानमन्त्री ओलीसँग भएको अनौपचारिक भेटको तस्बिर समकक्षी मोदीले आफ्नो सामाजिक सञ्जाल एक्समा सार्वजनिक गर्नुभएको छ । उहाँले थियानजिनमा नेपालका प्रधानमन्त्री ओलीलाई भेट्न पाउँदा खुसी लागेको बताउनुभएको छ । नेपालसँग भारतको सम्बन्ध निकै गहिरो र विशेष भएको पनि भारतीय प्रधानमन्त्री मोदीले एक्समा उल्लेख गर्नुभएको छ ।

 

साभार : रेडियो नेपाल

`
12 comments
कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तय..

काठमाडौं, कात्तिक १ : नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तया..

4 घन्टा पहिले

तिहार आजबाट सुरु

काठमाडौं, कात्तिक १ : नेपाली हिन्दुहरु दोस्रो महान चाड तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा सुरु हुँदैछ। प्र..

4 घन्टा पहिले

कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ ,असोज ३० गते । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशह..

2 दिन पहिले

आफ्नो कार्यकाल पूर्ण रुपमा सफल भएको छ : निवर्तमान मुख्यम..

जनकपुरधाम ,असोज ३० गते । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले नवगठित जनस्वराज पार्टी हालक..

2 दिन पहिले

मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त

जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..

3 दिन पहिले