Janakpurdham
Wed, Oct 15, 2025
`

एयर इण्डियाका अध्यक्षले दिए समवेदना वक्तव्य, २४२ जना बाँच्ने सम्भावना कम

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

नयाँ दिल्ली ,जेठ २९ गते । अहदाबादमा दुर्घटनाग्रस्त भएको एयर इण्डियाको विमानभित्र रहेका यात्रु र चालक दलका सदस्य जीवितै रहने सम्भावना कम रहेको उद्धारकर्मी र सुरक्षा अधिकारीहरुलाई उदृत गर्दै भारतीय मिडियाले उल्लेख गरेका छन् ।

लण्डन उड्ने क्रममा टेक अफ लिएको केहीबेरमै आकासमै आगो लागेको विमान जमिनमा पुग्दा एकै डल्लो भइसकेको प्रत्यक्षदर्शीले बताएका छन् । विमान केही पर पुगेर आकाशमै आगो लागेको देखिन्छ ।विमानमा सवार यात्रुको उद्दार गरेर अस्पताल लगिरहेको दृष्य देखाइए पनि हताहतीबारे अहिलेसम्म त्यहाँका अधिकारीले केही बताएका छैनन् । अधिकांशको जीवित उद्दार गर्न नसकिएको बताइएको छ ।

यसैबीच एयर इण्डियाका अध्यक्ष एन चन्द्रशेखरनले ट्वीटर एकाउन्टमार्फत एयर इण्डियाको उडान नम्बर १७१ को विमान दुर्घटनाग्रस्त भएको र यो भयावह दुर्घटनाबाट प्रभावित सबै परिवार र प्रियजनलाई कम्पनीको तर्फबाट गहिरो समवेदना रहेको बताएका छन् । उनले पहिलो प्राथमिकता विमानमा सवार यात्रुका पविरालाई सहायता उपलब्ध गराउनु रहेको बताएका छन् ।

अहिले अहमदाबाद बिमानस्थल बन्द गरिएको छ भने दुर्घटनास्थलबाट अस्पताल जाने बाटोमा अरु गाडी बन्द गरेर एम्बुलेन्स तथा दमकलमात्र प्रवेश गर्न दिइएको छ । यसअघि सन् १९८८ पनि यहि विमानस्थलमा विमान दुर्घटना हुँदा १३३ जनाको ज्यान गएको थियो ।


साभार : नेपाल प्रेस

 

`
12 comments
मधेशमा लोसपाले पनि लियो समर्थन फिर्ता, शिक्षामन्त्रीको ..

काठमाडौं , असोज २७ गते । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन ..

17 घन्टा पहिले

सन्दीपकाे उत्कृष्ट बलिङमा नेपालकाे सनसनी जित

काठमाडौं , असोज २७ गते ।  ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर..

17 घन्टा पहिले

थ्रीलर म्याचमा युएईमाथि नेपालको जित

काठमाडाैं, असाेज २६ : आईसिसी टि२० विश्वकपको एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले विजयी सुर..

2 दिन पहिले

नौं बुँदे माग राख्दै कांग्रेसका जेनजी पुस्ता सक्रिय

काठमाडौं, असोज २६ : नेपाली कांग्रेसका जेनजी युवाहरुले नौं बुँदे माग राख्दै विधानमा संशोधन गरी जेनजी उमेर समूहक..

2 दिन पहिले

कांग्रेसमा विशेष महाधिवेशन माग्दै ५० प्रतिशतभन्दा धेरै..

काठमाडौं ,असोज २५ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हटाउन विशेष महाधिवेशन माग्दै इतर पक्षले थाल..

3 दिन पहिले