Janakpurdham
Thu, Oct 08, 2026
`

आर्थिक वर्ष २०८०/८१ मा कुन मन्त्रालयले कति गर्‍यो खर्च ?

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार २५ गते । चालू आर्थिक वर्ष २०८०/८१ को कुल बजेटमा सरकारले ७७.४६ प्रतिशत खर्च भएको छ ।चालू आर्थिक वर्षमा सङ्घीय सरकारले १६ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ कुल बजेटमा १३ खर्ब ५६ अर्ब ६५ करोड २५ लाख ९६ हजार ७०५ रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयको खर्च विवरणले देखाएको हो । जुन कुल बजेटको ७७.४६ प्रतिशत खर्च हो ।चालू आर्थिक वर्ष २०८०/८१ को समग्र खर्चको विवरण हेर्दा मन्त्रालयगत रूपमा सबैभन्दा बढी खर्च गृह मन्त्रालयले गरेको छ ।गृह मन्त्रालयले पाएको २ खर्ब १ अर्ब ५९ करोड ५८ लाख ७६ हजार ९० रुपैयाँमा १ खर्ब ८७ अर्ब ८८ करोड १७ लाख ३४ हजार ३० रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै, दोस्रोमा सबैभन्दा बढी खर्च गर्ने मन्त्रालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको छ । यस मन्त्रालयले कुल १ खर्ब ३५ अर्ब ८२ करोड ४ लाख ४० हजार ८५३ रुपैयाँ बजेटमा ८९ अर्ब ३७ करोड १० लाख ८० हजार ९६७ रुपैयाँ खर्च गरेको छ ।त्यसै गरी सबैभन्दा कम कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ८७ करोड ६८ लाख २७ हजार रुपैयाँ बजेटमा ३१ करोड ८३ लाख ८९ हजार ५९६ रुपैयाँ खर्च गरेको छ ।सोमबार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द भएका छन् ।आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने खाता बन्द गर्न लागिएको हो ।

अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि भने महालेखा नियन्त्रक कार्यालयको सहमतिमा भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा छ ।सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द रहने छ ।आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ ।

कुन मन्त्रालयले कति खर्च गरे हेर्नुस् सूची

स्रोत महालेखा नियन्त्रकको कार्यालय

साभार : नेपाल प्रेस

`
12 comments
इन्टरनेट मतदान प्रणाली लागू गर्ने दिशामा निर्वाचन आयोग

काठमाडौं, असाेज २१ : निर्वाचन आयोगले नेपालमा इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्ने दिशामा आवश्यक प्राविधिक तà..

19 घन्टा पहिले

किशोरसिंह राठौरले फिर्ता लिए सभापतिकाे उम्मेदवारी

काठमाडौं, असाेज २१ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवाà¤..

19 घन्टा पहिले

स्थानीय चुनाव केन्द्रित कांग्रेसको नयाँ रणनीति, ‘इलेक्à¤..

काठमाडौं, असोज २० : आगामी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले ७५३ मध्ये १०० पालिकामा मेयर वा अध्यक्ष महिलालाà¤..

2 दिन पहिले

कांग्रेसको संकल्प : गुट, पहुँच र अपारदर्शिता अन्त्य, राजनà..

काठमाडौं, असाेज २० : नेपाली कांग्रेसले पछिल्लो ३५ वर्षमा देशमा केही नभएको भन्ने भाष्यलाई अस्वीकार गर्दै लोकतानà..

2 दिन पहिले

नेकपाबाट अलग भए झलनाथ खनाल

काठमाडौं, असोज १९ : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग हुँदै &lsqu..

3 दिन पहिले