Janakpurdham
Mon, Aug 04, 2025
`

मोडर्नले मनायो वार्षिकोत्सव

10 महीना पहिले प्रकाशित

Esandhyakalin

`

 जनकपुरधाम, कार्तिक १ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ वकिल टोलस्थित मोडर्न ईंङ्खलिस सेकेन्ड्री बोर्डिंग स्कुलले २८ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । धनुषाको शैक्षिक क्षेत्रमा आफनो छुट्टै स्थान बनाउन सफल मोडर्नले बिहीवार २८ औं वार्षिकोत्सव मनाएको हो । २०५४ सालमा स्थापित यस विद्यालयबाट एसएलसी दिएर गएका विद्यार्थीहरु डक्टर इन्जिनियर विजिनेश मेन सहित विभिन्न क्षेत्रमा राम्रो गरिरहेका छन । पढाइदेखि हरेक क्षेत्रमा मोडर्नबाट पढेकाहरू अग्रस्थानमा हुँदा गर्व लाग्ने गरेको विद्यालयका संस्थापकरप्रिन्सिपल चन्द्र नारायण मंडलले बताए । संस्थापकरप्रिन्सिपल मंडलले २८ औ वर्षमा पुग्दा ठूलो चुनौतीहरु पार गरेको बताए । अधिकाश अभिभावकहरु बालबालिका विद्यालयमा भर्ना भएपछि आफ्नो जिम्मेवारीबाट पन्छिने प्रवृत्ति समाजमा देखिएको भन्दै बढी भन्दा बढी समय बच्चाहरुलाई दिन जरुरी रहेको उनले औल्याएका छन । उनले भने मैले विद्यालयमा बच्चाहरुलाई रचनात्मक काममा अग्रसर गराई उनीहरुको सिकाईलाई प्रभावकारी बनाउनतर्फ जोड दिएको छु । 

   विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हिरा मंडलले विद्यालयमा शैक्षिक, ब्यावहारिक ज्ञानका साथै खेलकुद गतिविधिहरुमा चासो दिएर योजनावद्घ रुपमा काम गर्दा सफलता मिलेको बताए । उनले शैक्षिक विकासमा नीजि क्षेत्रको लगानीमा सरकारको सकारात्मक दृष्टिकोण नआएको दुःखेसो पोखे । ठुलो सरकारी लगानी भएका सामुदायिक विद्यालयमा भन्दा नीजि क्षेत्रबाट दक्ष जनशक्ति उत्पादन भएको उनको दाबी छ । अन्य विद्यालयहरुले समेत अनुसरण गर्ने गरी मोडर्नबाट योजना बनाएर काम गर्दा सफलता पाएको उनले दाबी गरे । 

`
12 comments
बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..

काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..

1 दिन पहिले

लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..

काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..

1 दिन पहिले

‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’

काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..

2 दिन पहिले

जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी ..

मोरङ, साउन १७ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्..

2 दिन पहिले

जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय आवश्यक छ : मन्त..

काठमाडौं, साउन १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज दुर्घटना जाँच सम्बन्धी स्थाय..

4 दिन पहिले