Janakpurdham
Thu, Aug 06, 2026
`

मोडर्नले मनायो वार्षिकोत्सव

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

 जनकपुरधाम, कार्तिक १ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ वकिल टोलस्थित मोडर्न ईंङ्खलिस सेकेन्ड्री बोर्डिंग स्कुलले २८ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । धनुषाको शैक्षिक क्षेत्रमा आफनो छुट्टै स्थान बनाउन सफल मोडर्नले बिहीवार २८ औं वार्षिकोत्सव मनाएको हो । २०५४ सालमा स्थापित यस विद्यालयबाट एसएलसी दिएर गएका विद्यार्थीहरु डक्टर इन्जिनियर विजिनेश मेन सहित विभिन्न क्षेत्रमा राम्रो गरिरहेका छन । पढाइदेखि हरेक क्षेत्रमा मोडर्नबाट पढेकाहरू अग्रस्थानमा हुँदा गर्व लाग्ने गरेको विद्यालयका संस्थापकरप्रिन्सिपल चन्द्र नारायण मंडलले बताए । संस्थापकरप्रिन्सिपल मंडलले २८ औ वर्षमा पुग्दा ठूलो चुनौतीहरु पार गरेको बताए । अधिकाश अभिभावकहरु बालबालिका विद्यालयमा भर्ना भएपछि आफ्नो जिम्मेवारीबाट पन्छिने प्रवृत्ति समाजमा देखिएको भन्दै बढी भन्दा बढी समय बच्चाहरुलाई दिन जरुरी रहेको उनले औल्याएका छन । उनले भने मैले विद्यालयमा बच्चाहरुलाई रचनात्मक काममा अग्रसर गराई उनीहरुको सिकाईलाई प्रभावकारी बनाउनतर्फ जोड दिएको छु । 

   विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हिरा मंडलले विद्यालयमा शैक्षिक, ब्यावहारिक ज्ञानका साथै खेलकुद गतिविधिहरुमा चासो दिएर योजनावद्घ रुपमा काम गर्दा सफलता मिलेको बताए । उनले शैक्षिक विकासमा नीजि क्षेत्रको लगानीमा सरकारको सकारात्मक दृष्टिकोण नआएको दुःखेसो पोखे । ठुलो सरकारी लगानी भएका सामुदायिक विद्यालयमा भन्दा नीजि क्षेत्रबाट दक्ष जनशक्ति उत्पादन भएको उनको दाबी छ । अन्य विद्यालयहरुले समेत अनुसरण गर्ने गरी मोडर्नबाट योजना बनाएर काम गर्दा सफलता पाएको उनले दाबी गरे । 

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

12 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

12 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले