Janakpurdham
Thu, Aug 06, 2026
`

मिथिलामा करवाचौथ पर्व मनाइँदै

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जलेश्वर,२०८१ कार्तिक ४ गते । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज करवाचौथ पर्व मनाइँदैछ । मिथिलाञ्चलमा बसोबास गर्ने विवाहित नारी अर्थात् मिथिलानीहरूले आज पतिको दीर्घायुको कामना गर्दै करवाचौथ पर्व मनाइरहेको महोत्तरीको सदरमुकाम जलेश्वर–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवका पुजारी पं उपेन्द्र पाठकले बताए ।

दिनभरि उपवास गरेर राति चन्द्रमाको पूजाअर्चना र दर्शनपछि पतिको पूजाअर्चना तथा दर्शन गरेर पतिकै हातबाट जल ग्रहण गर्दै पर्वलाई समापन गरिन्छ ।

आज बिहानदेखि निराहार, निर्जल व्रत बसेर राति चन्द्रमा उदाएपछि पहिले चन्द्रमा दर्शन र पूजा गरेर पछि पुनः पतिको पूजा गर्दै व्रतालु महिलाहरू पूजापश्चात् जल ग्रहण गर्दछन् भने त्यसपछि पतिलाई नानाथरीका प्रसाद र पकवानहरू खुवाउँदै आफू पनि प्रसाद खाएर व्रत समापन गर्ने चलन रहेको पं बद्रीनारायण झाले बतए ।

यस पर्वमा मिथिलानीहरू राति रङ्गीचङ्गी नयाँ नयाँ वस्त्र, चुरा, पोते, विभिन्न गरगहना, सिउँदोमा सिन्दूरसहित विभिन्न शृङ्गार गरेर चन्द्रमा उदाएपछि घरमा भएका चाल्ना (जाली सहितको आटा छान्ने वस्तु) मा दीप जलाएर दीपको उज्यालोसँगै चाल्नाको जालीबाट चन्द्रमा र त्यसछि सोही चाल्नाबाट आ–आफ्ना पतिलाई उभ्याएर दर्शन गर्ने प्रचलन छ । 

चाल्नाबाट चन्द्रमालाई हेर्नु र पुनः त्यही चाल्नाबाट पतिलाई हेरेर व्रत सम्पन्न गर्नु यस पर्वको प्रमुख प्रक्रिया हो । करबाचौथ पर्व तराई मधेसको महोत्तरी, धनुषा, सर्लाही, सिरहा, रौतहट, बारा, पर्सा, सप्तरी, मोरङ र भारतको विहार राज्यको मधुवनी, सीतामढी, मुजफ्फरपुर, पटना, दरभङ्गालगायत मिथिला क्षेत्रमा धुमधामका साथ मनाइन्छ ।

साभार : नेपाल प्रेस

`
12 comments
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

12 घन्टा पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

12 घन्टा पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

2 दिन पहिले

ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल

काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..

2 दिन पहिले

साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..

काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..

2 दिन पहिले