Janakpurdham
Mon, Aug 04, 2025
`

मिथिलामा करवाचौथ पर्व मनाइँदै

10 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जलेश्वर,२०८१ कार्तिक ४ गते । महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज करवाचौथ पर्व मनाइँदैछ । मिथिलाञ्चलमा बसोबास गर्ने विवाहित नारी अर्थात् मिथिलानीहरूले आज पतिको दीर्घायुको कामना गर्दै करवाचौथ पर्व मनाइरहेको महोत्तरीको सदरमुकाम जलेश्वर–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवका पुजारी पं उपेन्द्र पाठकले बताए ।

दिनभरि उपवास गरेर राति चन्द्रमाको पूजाअर्चना र दर्शनपछि पतिको पूजाअर्चना तथा दर्शन गरेर पतिकै हातबाट जल ग्रहण गर्दै पर्वलाई समापन गरिन्छ ।

आज बिहानदेखि निराहार, निर्जल व्रत बसेर राति चन्द्रमा उदाएपछि पहिले चन्द्रमा दर्शन र पूजा गरेर पछि पुनः पतिको पूजा गर्दै व्रतालु महिलाहरू पूजापश्चात् जल ग्रहण गर्दछन् भने त्यसपछि पतिलाई नानाथरीका प्रसाद र पकवानहरू खुवाउँदै आफू पनि प्रसाद खाएर व्रत समापन गर्ने चलन रहेको पं बद्रीनारायण झाले बतए ।

यस पर्वमा मिथिलानीहरू राति रङ्गीचङ्गी नयाँ नयाँ वस्त्र, चुरा, पोते, विभिन्न गरगहना, सिउँदोमा सिन्दूरसहित विभिन्न शृङ्गार गरेर चन्द्रमा उदाएपछि घरमा भएका चाल्ना (जाली सहितको आटा छान्ने वस्तु) मा दीप जलाएर दीपको उज्यालोसँगै चाल्नाको जालीबाट चन्द्रमा र त्यसछि सोही चाल्नाबाट आ–आफ्ना पतिलाई उभ्याएर दर्शन गर्ने प्रचलन छ । 

चाल्नाबाट चन्द्रमालाई हेर्नु र पुनः त्यही चाल्नाबाट पतिलाई हेरेर व्रत सम्पन्न गर्नु यस पर्वको प्रमुख प्रक्रिया हो । करबाचौथ पर्व तराई मधेसको महोत्तरी, धनुषा, सर्लाही, सिरहा, रौतहट, बारा, पर्सा, सप्तरी, मोरङ र भारतको विहार राज्यको मधुवनी, सीतामढी, मुजफ्फरपुर, पटना, दरभङ्गालगायत मिथिला क्षेत्रमा धुमधामका साथ मनाइन्छ ।

साभार : नेपाल प्रेस

`
12 comments
बहुविवाह सम्बन्धी कानुन र संसद भवन निर्माणबारे समितिमा ..

काठमाडौं, साउन १८ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आइतबार बसेको बैठकमा पुरातात्विक सम्पदाको स..

1 दिन पहिले

लोकतान्त्रिक प्रणालीमा सरकार शासक हुँदैन, व्यवस्थापक र ..

काठमाडौं, साउन १८ : प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक प्रणालीमा सरकार जिम्मेवार र जनताप्रति उत्तरदायी भएक..

1 दिन पहिले

‘पानीको अभाव र संकट समाधान गर्न जलस्रोत विधेयक आवश्यक’

काठमाडौं, साउन १७ : ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पानीको अभाव र वर्तमान अवस्थामा निम्तिएको संकट..

2 दिन पहिले

जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी ..

मोरङ, साउन १७ : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी) पुस्तालाई कांग्रेससँग नजोडे कांग्..

2 दिन पहिले

जहाज दुर्घटना जाँच सम्बन्धी स्थायी निकाय आवश्यक छ : मन्त..

काठमाडौं, साउन १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले जहाज दुर्घटना जाँच सम्बन्धी स्थाय..

4 दिन पहिले