जनकपुरधाममा भूमि लोक उत्सव शुरु
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,कार्तिक १० गते । मधेस प्रदेशको राजधानी जनकपुरधाममा भूमि लोक उत्सवको दोस्रो संस्करण शुरु भएको छ ।
भूमि फाउन्डेसनको आयोजनामा शुरु भएको भूमि उत्सवमा मिथिलाको लोप हुन थालेको गीत, सङ्गीत तथा वाद्यवादनको धुन सहितका गीतसङ्गीत तथा नृत्य प्रदर्शन हुने क्रम जारी छ ।
फाउन्डेसनका संस्थापक अध्यक्ष रञ्जन झाको अध्यक्षतामा शुरु भएको कार्यक्रममा मिथिलाका चर्चित कलाकार सहभागी छन् । नेपाल भारतका प्रसिद्ध कलाकार सहभागी रहेको सो कार्यक्रम जनकपुरधामको ऐतिहासिक महत्वको तीरहुतियागाछीमा भइरहेको छ ।
मिथिलाको लोक गीत, परम्परा, रीतिरिवाजहरू लोपोन्मुख अवस्थामा पुगेकाले त्यसको संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले उत्सवको आयोजना गरेको आयोजकले जनाएको छ । उत्सवमा एक दर्जनभन्दा बढी समूहहरूले प्रस्तुति दिने कार्यक्रम भइरहेको छ ।
६५ भन्दा बढी देश र विदेशका विभिन्न भागबाट आएका कलाकारहरू सहभागी रहेको सो कार्यक्रम अबेर साँझसम्म चल्ने छ ।
कार्यक्रममा मधेश प्रदेश सरकारका उच्च अधिकारीहरू, मिथिला तथा यसका संस्कृति प्रति विशेष लगाव राख्ने व्यक्ति, साहित्यकार एवं स्रष्टाहरूको सहभागिता रहेको छ ।
साभार : रेडियो नेपाल
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
12 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
12 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
2 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
2 दिन पहिले