Janakpurdham
Thu, Feb 05, 2026
`

मधेशमा दीर्घकालीन रूपमा खानेपानी समस्या समाधान हुनु पर्दछ : भौतिकमन्त्री यादव

1 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, कार्तिक २९ गते ।  मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादवले मधेश प्रदेशमा विगत केही वर्ष यता खाने पानीको चरम अभाव देखा परेकाले यसको दीर्घकालीन समाधान खोज्न जरुरी रहेको बताउनु भएको छ । 

भौतिकमन्त्री यादवले सबल नेपाल, महुली सामुदायिक विकास केन्द्र सहित विभिन्न संस्थाहरूको आयोजनामा आज जनकपुरधाममा सम्पन्न भएको प्रदेश स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता प्रणाली सुदृढीकरण सम्बन्धी प्रदेश स्तरीय सिकाई आदान प्रदान कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो । 

उहाँले चुरे क्षेत्रमा भएको विनाश र त्यसबाट उत्पन्न भएको खानेपानी समस्याको समाधानका लागि प्रदेश सरकारले चुरे क्षेत्रमा नै पोखरीहरूको निर्माणका लागि योजना बनाएको बताउँदै खानेपानीको आपूर्ति सरसफाइसँग जोडिएकाले यसको समाधान आवश्यक भएको बताउनु भयो ।  

नेकपा एमाले प्रदेश सभाका संसदीय दलका नेता समेत रहनु भएका भौतिक मन्त्री यादवले मधेश प्रदेशका जनतालाई स्वच्छ खाने पानी उपलब्ध गराउने दायित्व तीनै तहका सरकारको भएकाले सहकार्य गरेर अगाडी बढ्नुको कुनै विकल्प नभएको बताउनु भयो । 

मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले खाने पानीको समस्या दिन प्रति दिन मधेशका जिल्लाहरूमा बढेकाले स्वच्छ खानेपानीको आपूर्तिका लागि दीर्घकालीन शोचका साथ काम गर्न जरुरी रहेको बताउनु भयो । 

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधन प्रसाद सिंहले स्वच्छ खानेपानी र सरसफाइ स्वास्थ्यका लागि अपरिहार्य कुरा भएकाले स्वच्छ खानेपानीको आपूर्तिका लागि तीनै तहका सरकार एवं गैरसरकारी संस्थाहरू मिलेर अगाडी बढ्नुको कुनै विकल्प नभएको बताउनु भयो ।  

मधेश प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवले मधेश प्रदेशका जिल्लाहरूमा फागुन देखि जेठसम्म खानेपानीको चरम अभाव देखिन थालेकाले मन्त्रालयले स्वच्छ खानेपानी उपलब्ध गराउनका लागि चालु आर्थिक वर्षमा विभिन्न प्रकारको कार्यक्रमहरू ल्याएको बताउनु भयो ।

उहाँले गरिब तथा विपन्नलाई लक्षित गरेर सामुदायिक शौचालयको निर्माणका लागि बजेट विनियोजन गरेको बताउँदै खानेपानी र स्वच्छ एक अर्काको पूरक भएको बताउनु भयो ।  

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवालले खानेपानीको समस्या मधेश प्रदेशका जिल्लाहरूमा विगत केही वर्ष उता बढ्न थालेकोमा चिन्ता व्यक्त गर्दै यसको समाधानका लागि साझेदार संस्थाहरूको सहकार्यमा तीनै तहका सरकार मिलेर काम गर्न आवश्यक भएको बताउनु भयो । 

महुली सामुदायिक विकास केन्द्रका अध्यक्ष श्यामकान्त चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा सिराहा तथा सप्तरी जिल्लाका विभिन्न पालिकाहरूबाट आएका नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा खान र सरसफाइ हेर्ने शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो । 

मधेश प्रदेशका जिल्लाहरूमा अहिले पनि करिब २० देखि ३० प्रतिशत जनतामा स्वच्छ खानेपानीको पहुँच हुन सकेको छैन भने गरिब तथा विपन्न वर्गमा सरसफाइ र स्वच्छताका विषयमा जनचेतनाको कमी रहेको पाइएको छ ।  

साभार : रेडियो नेपाल

`
12 comments
काठमाडौंबाट उड्नासाथ टर्किसको दायाँ इन्जिनमा आगलागी, क..

काठमाडौं, माघ २१ :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको टर्किस एयरलाइन्सक..

7 घन्टा पहिले

आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आज नेपाल क्यानडासँग..

काठमाडौं, माघ २२ : आईसीसी टी–२० विश्वकपको तयारीलाई अन्तिम रूप दिने क्रममा नेपाल आज क्यानडासँग अन्तिम अभ्यास ख..

7 घन्टा पहिले

राष्ट्रपति जापानको औपचारिक भ्रमण सकेर स्वदेश फिर्ता

काठमाडौं, माघ २१ : राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन्। बुधबार जापान टोक..

7 घन्टा पहिले

राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्रीबीच भेट

टोकियो, माघ २० : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखिका सम्बन्धहरू अझ नि..

1 दिन पहिले

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदबाट फिर्ता लि..

काठमाडौं, माघ २० : सरकारले सामाजिक सञ्जालको संचालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बन..

1 दिन पहिले