
एमबीबीएस पढाउने मधेश प्रदेश सरकारको सपना साकार हुँदै, पुस २५ बाट कक्षा सञ्चालन
7 महीना पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, पुस १६ गते ।मधेश प्रदेश सरकारअन्तर्गत जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी पुस २५ बाट चिकित्साशास्त्रतर्फ स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरु हुने भएको छ ।
प्रतिष्ठानमा एमबीबीएस अध्ययन अध्यापन सुरु गराउन आवश्यक भौतिक पूर्वाधारको स्तरोन्नति, थप उपकरणसहित विशिष्टीकृत ल्याबको व्यवस्थापन भइसकेको छ । त्यस्तै विभिन्न फ्याकल्टीका लागि जनशक्ति व्यवस्थापन भई कक्षा सञ्चालनको अन्तिम तयारीमा जुटेको प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहले जानकारी दिए ।
उनका अनुसार चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा पढ्न सिफारिस गरेका विद्यार्थीहरु पनि भर्ना भइसकेका छन् ।
मधेश प्रदेशमा सरकारीस्तरमा एमबीबीएसको पठनपाठन हुने प्रतिष्ठान पहिलो शैक्षिक संस्था भएको छ । उपकुलपति डा. साहले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको रकम भुक्तान गरी एमबीबीएस पढ्न चाहनेहरूका लागि यही पुस २४ गतेसम्म नामाङ्कन हुने जानकारी दिए ।
प्रतिष्ठानमा अहिले स्नातकतर्फ नर्सिङ, पब्लिक हेल्थ र मेडिकल ल्याब टेक्नोलोजी तथा चिकित्साशास्त्रको स्नातकोत्तरतर्फ चार विषयमा पठनपाठन हुँदै आएको छ । चिकित्साशास्त्रमा महँगो र लामो अवधिको पढाइ एमबीबीएस भने यसै शैक्षिकसत्रबाट सुरु हुनेछ ।
प्रदेश मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानअन्तर्गतको प्रादेशिक अस्पताल जनकपुरको स्तरोन्नति गर्दै एमबीबीएस अध्ययन गराउन स्रोत सुनिश्चित गर्ने निर्णय गरेको थियो । निर्णयपछि यसका लागि गत साउनबाट भौतिक पूर्वाधार, उपकरण, अस्पतालको सेवा विस्तार तथा गुणस्तर वृद्धि, जनशक्ति व्यवस्थापन कार्ययोजनालगायतका कार्य कार्यान्वयन गरिएको थियो ।
त्यसलगत्तै एमबीबीएस कक्षा सञ्चालनका लागि आवश्यक तयारी सुरु गरिएको थियो । चिकित्सा शिक्षा आयोगले भने गत भदौमा ५० विद्यार्थीको कोटा दिँदै एमबीबीएस कक्षा सञ्चालन गर्न प्रतिष्ठानलाई स्वीकृति दिएको थियो ।
प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारका कार्यकारी प्रमुखका रूपमा कार्यभार सम्हालिरहँदा जनमत पार्टीको शिक्षा सम्बद्ध दृष्टिका आधारमा मधेशमा सरकारी तवरमा एमबीबीएसको पठनपाठन सुरु गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
प्रतिष्ठानका उपकुलपति डा. साहले एमबीबीएस पठनपाठनका लागि प्रादेशिक अस्पताल जनकपुर परिसरमै कक्षा कोठा, छात्रावास आदिको व्यवस्था गरिएको बताए । उनले क्लिनिकल अध्ययनका लागि पहिलेदेखिकै पूर्वाधारको स्तरोन्नति गरिएको र आधारभूत चिकित्सा विज्ञानअन्तर्गत एनाटोमी, फिजियोलोजी, बायोकेमेस्ट्री, माइक्रोबायोलोजी, प्याथालोजी, फर्माकोलोजी, कम्युनिटी मेडिसिनलगायत विषय अध्यापन गराउन जनशक्ति व्यवस्थापन गरिएको बताए ।
जनकपुरधामस्थित प्रतिष्ठानमा एमबीबीएसको पठनपाठन सुरु भएपछि चिकित्सा सेवामा सुधार, चिकित्सकको वृत्ति विकासमा टेवा, चिकित्साशास्त्रको अध्ययन अनुसन्धानमा तीव्रता र जनकपुरधामको शैक्षिक छविमा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ ।
साभार ः नेपाल प्रेस

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा किशोर श्रेष्ठ चयन
काठमाडौं ,असार ३२ गते । प्रेस काउन्सिल,नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष..
1 दिन पहिले
मधेशका काकाकुल क्षेत्रमा दमकलले पानी ओसार्दै, सेना पनि ख..
जनकपुरधाम ,असार ३२ गते । खानेपानीको हाहाकार भएको मधेश प्रदेशको वीरगञ्ज, कलैयासहितका क्षेत्रमा दमकल र ट्यांकरको स..
1 दिन पहिले
नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभ..
काठमाडौं, असार ३१ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगान..
2 दिन पहिले
भगवती न्यौपाने बनिन् सामान्य प्रशासनमन्त्री
काठमाडौं, असार ३१ : भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त भएकी छिन्। प्रधानमन्त्र..
2 दिन पहिले
विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..
काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..
3 दिन पहिले