कोशी ब्यारेजमा पानीको बहाव २ लाख २९ हजार क्युसेक प्रतिसेकेण्ड, सतर्कता अपनाउन आग्रह
2 घन्टा पहिले प्रकाशित
Esandhyakalin
सुनसरी, असाेज ९ : पूर्वी पहाडि तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोशी ब्यारेज भएर वग्ने पानीको बहाव बढ्दो क्रममा रहेको छ।
शुक्रबार १ : १५ बजे गरिएको मापन अनुसार कोशी ब्यारेज भएर वग्ने पानीको बहाव २ लाख २९ हजार ९६० क्युसेक प्रतिसेकेण्ड रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए।
पानीको बहाव उच्च भएपछि कोशी ब्यारेजका मुल ५२ वटा र नहरको ४ वटा गरेर कुल ५६ वटा ढोकामध्ये ३० वटा ढोका खुल्ला गरिएको उनले जानकारी दिए।
पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा खतराको सङ्केत स्वरुप रातो वत्ति बालिएको छ भने रातो झण्डा समेत फहराइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।
नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमान सहित जलस्तरको अवस्था निरन्तर अनुगमन भइरहेको कन्ट्रोल रुमले जनाएको छ।
नदीको बहाव बढेसँगै कोशी आसपासका तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउनका लागि सुरक्षा कर्मीले माइकिङ्ग गरिरहेको प्रहरी नायव उपरीक्षक खड्काले बताए।
सप्तकोशी नदीमा निरन्तर पानीको बहाव बढ्दो क्रममा रहेकाले सतर्क रहनका लागि आग्रह गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले जानकारी दिए।
सप्तकोशी नदीमा पानीको बहाव बढेका बेलामा दहतरबहतरबाट आउने काठ दाउरा झिक्नका लागि गएका बेलामा जोखिम हुन सक्ने बिषयलाई मध्यनजर गर्दैै नजानका लागि सर्वसधारणलाई आग्रह गरिएको प्रजिअ अर्यालले बताए।
नेपाल मौसम विज्ञान विभागद्वारा जारी विशेष मौसमी बुलेटिनअनुसार आगामी असोज ११ गते आइतबारसम्म कोशी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
साभार : काठमाडौं प्रेस
कोशी ब्यारेजमा पानीको बहाव २ लाख २९ हजार क्युसेक प्रतिसे..
सुनसरी, असाेज ९ : पूर्वी पहाडि तथा तराईका जिल्लामा भएको लगातार वर्षाका कारणले कोशी नदीमा कोशी ब्यारेज भएर वग्ने पा..
2 घन्टा पहिले
खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुकà..
काठमाडौं, असाेज ९ : खराब मौसमका कारण हवाई उडान प्रभावित भएको छ । शुक्रबार सुर्खेत, पोखरा, भरतपुर र लुक्लामा उडान हुन..
2 घन्टा पहिले
एमालेले विद्या भण्डारीलाई वरिष्ठ नेता बनाउने
काठमाडौं, असोज ८ : नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाउने भएको छ । बिहà¥..
1 दिन पहिले
डोल्पाको जुफालमा सीता एयरको जहाजको पाङ्ग्रा खुस्कियो
सुर्खेत, असोज ८ : डोल्पाको जुफाल विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पाङ्ग्रा खुस्किà..
1 दिन पहिले
बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सां..
काठमाडौं, असाेज ६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बालà..
2 दिन पहिले