Janakpurdham
Tue, Nov 17, 2026
`

रास्वपा सांसद अमरेश कुमार सिंहले सुरु गरे मेची महाकाली पदयात्रा

15 मिनट पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुर, कात्तिक ३० : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेश कुमार सिंहले मेची महाकाली पदयात्रा सुरु गरेका छन् ।

जनकपुरधामको जानकी मन्दिरमा दर्शन गरेर उनले मेची महाकाली पदयात्राको सुरुवात गरेका छन् । 

सांसद सिंहलाई रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रिय झन्डा र पार्टीको झन्डा हस्तान्तरण गरेर पदयात्राका लागि शुभकामना दिए।

सभापति लामिछानेले सांसद सिंहलाई पदयात्रा दल र राजनीति भन्दा माथि उठेर देशमा शान्ति तथा सद्भाव र राष्ट्रिय एकताको सन्देश दिने गरी सम्पन्न गर्न शुभकामना दिए। सभापति लामिछानेले उक्त पदयात्राले सम्पूर्ण जाती, भाषा, संस्कृतिलाई एकै ठाउँमा जोड्ने सन्देश निस्किने किसिमले सांसद सिंहलाई सफलताको शुभकामना दिए ।

यता, सांसद सिंहले आजबाट सुरु गरेको पदयात्रा पहिलो चरणको मात्र भएको बताए । 

उनले माघ एक गत्ते यो पदयात्रा समाप्त हुने र त्यसपछि दोस्रो चरणमा आगामि बैसाखमा मध्य पहाडी लोकमार्ग पदयात्रा सुरु गर्ने जानकारी गराए । उनले यस पदयात्रामा दैनिक ५ घण्टा पैदल हिँड्ने र ७ घण्टा जनताको कुरा सुन्ने बताए । सांसद सिंहले यस पदयात्रामा हरेक जातजाती, समुदाय, वर्ग, भाषाभाषीको कुरा र सरकारसंगको अपेक्षा एवम गुनासो सुन्ने बताए । उनले जनताले भनेको सम्पूर्ण कुरा उल्लेख गरी सभापति लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाउने जनाए ।

साभार ः काठमाडौं प्रेस

`
12 comments
प्रधानमन्त्री मंसिर ६ गते भारत भ्रमणमा जाँदै, मोदीसँग ३०..

काठमाडौं, मंसिर १ : प्रधानमन्त्री बालेन्द्र ९बालेन०शाह आगामी मंसिर ६ र ७ गते दुईदिने भ्रमणका लागि भारत जाने भएका छ..

14 मिनट पहिले

रास्वपा सांसद अमरेश कुमार सिंहले सुरु गरे मेची महाकाली प..

जनकपुर, कात्तिक ३० : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेश कुमार सिंहले मेची महाकाली पदयात्रा सुरु गरेका..

15 मिनट पहिले

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव सुदृढ बनाउन महत्त्वपूà..

काठमाडौं, कात्तिक २९ : राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प..

2 दिन पहिले

छठको स्वागतमा कठपुल्ला पश्चिमवारी टोलका युवा जुटे सरसफà¤..

जनकपुरधाम, कार्तिक २९ गते । धनुषाको हंसपुर नगरपालिका–३, पश्चिमवारी टोलमा छठ पर्वको अवसर पारेर बृहत् सरसफाइ का..

2 दिन पहिले

अध्यक्ष साहले गरे छठ सामग्री वितरण ,विपन्न व्रतालुलाई वड..

जनकपुरधाम,कार्तिक २८ गते । छठ पर्व आस्थाको पर्व हो, तर आर्थिक अभावका कारण कसैको घरमा यसको रौनक नखुम्चियोस् भन्ने उ..

3 दिन पहिले