तामाकोशी गाउँपालिकामा आज १३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin
दिपक बस्नेत
जेठ १२, तामाकोशी ।
तामाकोशी गाउँपालिकामा आज १३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
पालिका भित्र आज थपिएका संक्रमित वडा नम्वर ३ जफेमा ९ जना, वडा नम्वर ४ मालूमा ३ जना, वडा नम्वर ५ सहरेमा १ जना रहेको जनाइएको छ ।
पालिका भित्र सक्रिय संक्रमितको संख्या १८३ रहेका छन् । जस्मा ९३ पुरुष र ९० महिला रहेका छन् । भाइरस संक्रमण पुष्टि भएका मध्ये १७५ जना होम आइसोलेसनमा रहनुभएको जनाइएको छ । पालिका भित्रको अस्थायी कोभिड अस्पताल मालूमा ३ जनाले उपचार गराइरहनु भएको छ भने १ जना आज निको भएर घर फर्कनु भएको मेडिकल अफिसर डाक्टर रोबिस कार्कीले जानकारी दिनुभयो ।
अन्य स्वास्थ्य संस्थामा ३ जनाले उपचार गराइरहेको र आज थप ५ जना निको भएर घर फर्कनु भएको पालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले जानकारी दिनु भयो ।
तामाकोशी गाउँपालिकाले आज सम्म ४७९ जनाको पिसिआर तथा एन्टिजेन परिक्षण गरेको छ । पालिका भित्र संक्रमण भई निको हुनेको संख्या ५७ पुगेको छ भने ९२ रिर्पोट आउन बाँकी रहेको छ ।
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
काठमाडौं, मंसिर ८ गते । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द..
21 घन्टा पहिले
अन्तर–सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र
झापा,२०८१ मंसिर ८ गते । सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगाय..
21 घन्टा पहिले
विवाह पञ्चमीको तयारी गर्न मुख्यमन्त्री सिंहको निर्देशन
जनकपुर,मंसिर ७ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मङ्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीत..
2 दिन पहिले
मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क विवरण सार्वजनि..
काठमाडौं, मंसिर ६ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरक..
2 दिन पहिले
स्थानीय तह उपनिर्वाचन: ४१ ठाउँमा २० दल र स्वतन्त्रसहित ३..
काठमाडौं, मंसिर ६ । स्थानीय तह उपनिर्वाचनको कार्यतालिका अन्तर्गत बुधबार निर्वाचन आयोगले उम्मेदवारको अन्तिम..
3 दिन पहिले