‘मापदण्ड विपरीतका स्वास्थ्य संस्थामाथि कारबाही हुन्छ’
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री वीरेन्द्र कुमार सिंहले मधेशको मानव सूचकाङ्कमा सुधारका लागि स्वास्थ्य तथा शिक्षाको सुधार आवश्यक रहेको बताउनुभएको छ ।जनकपुरधामको नवजीवन हस्पिटल प्राइभेट लिमिटेडमा क्यान्सर रोगको उपचारको आज शुभारम्भ गर्दै नेपालको स्वास्थ्य क्षेत्रमा मधेश प्रदेशका धेरै विज्ञ, वरिष्ठ चिकित्सकबाट देशभरका निजी तथा सरकारी अस्पतालमा सेवा दिए पनि मधेश प्रदेशको स्वास्थ्य अवस्था सुधार नहुनु चिन्ताको विषय भएको बताउनुभयो ।उहाँले मधेशको स्वास्थ्य अवस्थामा सुधार ल्याउन विज्ञ चिकित्सकहरूलाई प्रदेशमा बोलाउने विषयमा मन्त्रालयले गृह कार्य शुरु गरेको बताउनुभयो ।स्वास्थ्यमन्त्री सिंहले जताततै किराना पसल जसरी खुलेका र उपचारको नाममा जनतालाई ठगी गर्ने गरेको पाइएकाले मापदण्ड विपरीतका स्वास्थ्य संस्था कारबाही गरेर बन्द गराउने बताउनुभयो ।
वरिष्ठ चिकित्सक डा. आर एन झाले जनकपुरधाममा क्यान्सर रोगको उपचारको सुरुआत भएकोमा खुशी व्यक्त गर्दै नवजीवन अस्पतालले क्यान्सरको गुणस्तरीय र भरपर्दो उपचार गर्ने बताउनुभयो ।प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट एवं वरिष्ठ चिकित्सक डा.बलराम मिश्रले जनकपुरधाममा नै क्यान्सर रोगको उपचार शुरु हुन लागेकोमा खुशी व्यक्त गर्दै गुणस्तरीय उपचारमा ध्यान दिन आग्रह गर्नुभयो ।क्यान्सर रोगका विशेषज्ञ डा. अवधेश साहको अध्यक्षतामा भएको उद्घाटन अवरमा डा. महेश महासेठ, डा. वैद्यनाथ ठाकुर, डा. शरद यादव, अस्पतालका व्यवस्थापक अखिलेश कुमार साह सहितका ३० जनाले रक्तदान पनि गर्नुभएको थियो ।साभार : रेडियो नेपाल
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
21 घन्टा पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
21 घन्टा पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
2 दिन पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
2 दिन पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
3 दिन पहिले