Janakpurdham
Thu, Aug 28, 2025
`

स्वार्थपूर्ति भए सदन चल्न दिने, नत्र अवरोध गर्ने एमालेको निर्लज्ज चरित्र हो : कांग्रेस नेता महर

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले संसदमा एमालेले निर्लज्जतापूर्ण चरित्र प्रस्तुत गरिरहेको आरोप लगाएका छन् ।कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको अभिमत लिएर सत्तामा जाँदा संसद् विघटन गर्ने एमालेले प्रतिपक्षमा हुँदा पनि संसद् चल्न नदिनु अलोकतान्त्रिक र निर्लज्जतापूर्ण चरित्र भएको आरोप लगाए।उनले भने, ‘एमालेले संसद्‍मा अवरोध गरेर जनतामाथि अन्याय गरेको छ । एमालेको अवरोधका कारण संसद‍्‍मा सांसदहरूले जनताका समस्या उठाउन पाइरहनु भएको छैन । संसद् जनमतको कदर गर्ने थलो हो । कुनै असन्तुष्टि भए संसद‍्मा मज्जाले मत राखेर जनतासामु पुर्‍याउन सकिन्छ । सच्याउनका लागि दबाब दिन सकिन्छ। तर, संसद् अवरोध गरेर लामो समयदेखि गतिरोध सिर्जना गर्नु गैर जिम्मेवारी पन हो। एमालेले यस्तो गर्न लाज मान्नुपर्ने हो ।’एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा प्रतिनिधि सभा विघटन गरेको र अहिले प्रतिपक्षमा हुँदा पनि संसद‍्माथि नै प्रहार गर्न खोजिरहेको महरको आरोप छ।उनले भने, ‘म ओली जीलाई प्रश्न गर्न चाहन्छु- लोकतान्त्रिक व्यवस्थामा सदनप्रतिको यति धेरै आक्रोश किन हो ? सदन के तपाईँ एक जनाको चाहना अनुरूप मात्रै चल्नुपर्ने हो ? एमाले प्रतिपक्षमा हुँदा पनि सत्ताको कस्तो भाग खोजिराख्नु भएको हो ? भाग पाए संसद् चल्न दिने, नत्र संसद् चल्न नदिने अलोकतान्त्रिक र गैर जिम्मेवार चरित्र भएन र ?’साभार : नेपाल प्रेस

`
12 comments
मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

जलेश्वर (महोत्तरी),भदौ १० गते । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर..

2 दिन पहिले

जनकपुरधाममा राष्ट्रिय मुक्ति पार्टी धनुषा समितिको बैठक..

जनकपुरधाम, २०८२ भदौ ९ गते ।राष्ट्रिय मुक्ति पार्टी धनुषा जिल्ला समितिको दुई दिनदेखि चलिरहेको तयारी बैठक सोमबार स..

2 दिन पहिले

मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..

जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..

3 दिन पहिले

सुटकेसभित्र महिलाको शव

रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..

3 दिन पहिले

प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..

काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले  प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..

4 दिन पहिले