Janakpurdham
Sat, Oct 17, 2026
`

मधेश प्रदेशमा ३९ वटा नयाँ उद्योग स्थापना

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा नयाँ उद्योग स्थापना हुने क्रम सुस्त रहेको छ । गत वर्ष मधेश प्रदेशका जिल्लाहरूमा ३९ वटा नयाँ उद्योग सञ्चालनमा आएको मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षणमा उल्लेख रहेको छ । मधेश प्रदेशका जिल्लाहरूमा कम लागतमा उद्योग स्थापना हुने सम्भावना भएपनि खुल्ला सिमाना भएको र भारतीय उद्योगसँग प्रतिस्पर्धा गर्न कठिन हुने भएकाले उद्योग स्थापनाको गति सुस्त रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिनु भएको छ । महेश प्रदेशका जिल्लाहरूमा हालसम्म ६ सय ११ उद्योग सञ्चालनमा रहेको छ । उद्योग क्षेत्रमा आर्थिक वर्ष २०७९।८० मा १ खर्ब ७० अर्ब ८२ करोड लगानी भएको मधेश सरकारको अर्थ मन्त्रालयले जानकारी दिएको छ । प्रदेश सरकारले उद्योग मैत्री नीति ल्याएपनि पर्याप्त मात्रामा उद्योग स्थापना हुन सकेको छैन । मधेश प्रदेशका ८ जिल्लामा रहेको ठूला, मझौला तथा साना उद्योगका साथै घरेलु उद्योगमा गरेर ६४ हजार ५ सय ८६ जनालाई रोजगारी दिने काम भएको छ । हाल प्रदेशमा १ लाख १८ हजार ८ सय २ वटा लघु, घरेलु तथा साना उद्योग दर्तामा रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । देशको कूल लघु, घरेलु तथा साना उद्योग मध्ये मधेश प्रदेशमा १७.६ प्रतिशत रहेको छ भने सो उद्योगमा ४ लाख ९१ हजार ९ सय ७३ जनालाई रोजगारी दिने प्रस्ताव गरिएको छ । यो प्रस्ताव पुरा गर्नका लागि उद्योगको स्तर वृद्धि तर्फ सरकारले विशेष रुपमा ध्यान दिन आवश्यक रहेको छ । साभार : रेडियो नेपाल

`
12 comments
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

1 घन्टा पहिले

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..

1 घन्टा पहिले

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

1 दिन पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

1 दिन पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

2 दिन पहिले