
मधेश प्रदेशमा ३९ वटा नयाँ उद्योग स्थापना
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम । मधेश प्रदेशका जिल्लाहरूमा नयाँ उद्योग स्थापना हुने क्रम सुस्त रहेको छ । गत वर्ष मधेश प्रदेशका जिल्लाहरूमा ३९ वटा नयाँ उद्योग सञ्चालनमा आएको मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षणमा उल्लेख रहेको छ । मधेश प्रदेशका जिल्लाहरूमा कम लागतमा उद्योग स्थापना हुने सम्भावना भएपनि खुल्ला सिमाना भएको र भारतीय उद्योगसँग प्रतिस्पर्धा गर्न कठिन हुने भएकाले उद्योग स्थापनाको गति सुस्त रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिनु भएको छ । महेश प्रदेशका जिल्लाहरूमा हालसम्म ६ सय ११ उद्योग सञ्चालनमा रहेको छ । उद्योग क्षेत्रमा आर्थिक वर्ष २०७९।८० मा १ खर्ब ७० अर्ब ८२ करोड लगानी भएको मधेश सरकारको अर्थ मन्त्रालयले जानकारी दिएको छ । प्रदेश सरकारले उद्योग मैत्री नीति ल्याएपनि पर्याप्त मात्रामा उद्योग स्थापना हुन सकेको छैन । मधेश प्रदेशका ८ जिल्लामा रहेको ठूला, मझौला तथा साना उद्योगका साथै घरेलु उद्योगमा गरेर ६४ हजार ५ सय ८६ जनालाई रोजगारी दिने काम भएको छ । हाल प्रदेशमा १ लाख १८ हजार ८ सय २ वटा लघु, घरेलु तथा साना उद्योग दर्तामा रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ । देशको कूल लघु, घरेलु तथा साना उद्योग मध्ये मधेश प्रदेशमा १७.६ प्रतिशत रहेको छ भने सो उद्योगमा ४ लाख ९१ हजार ९ सय ७३ जनालाई रोजगारी दिने प्रस्ताव गरिएको छ । यो प्रस्ताव पुरा गर्नका लागि उद्योगको स्तर वृद्धि तर्फ सरकारले विशेष रुपमा ध्यान दिन आवश्यक रहेको छ । साभार : रेडियो नेपाल

कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा
काठमाडौँ,कार्तिक ३ गते । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मी..
6 घन्टा पहिले
काँग्रेस धनुषाका सभापति विरुद्ध पक्राउ पूर्जी
जनकपुरधाम ,कार्तिक २ गते । नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार विरुद्ध पक्राउ पूर्जी जारी भएक..
6 घन्टा पहिले
कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तय..
काठमाडौं, कात्तिक १ : नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तया..
2 दिन पहिले
तिहार आजबाट सुरु
काठमाडौं, कात्तिक १ : नेपाली हिन्दुहरु दोस्रो महान चाड तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा सुरु हुँदैछ। प्र..
2 दिन पहिले
कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत
काठमाडौँ ,असोज ३० गते । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशह..
3 दिन पहिले