
अबदेखि कम्पनीको कारोबार गर्दा बैकिङ प्रणालीमार्फत गर्नुपर्ने
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, भदौ २१ गते । सेयरधनीले कम्पनीलाई सेयर बापतको रकम दाखिला गर्दा कम्पनीको खातामा बैंकिङ प्रणालीमार्फत् चुक्ता गर्नुपर्ने भएको छ ।कम्पनी रजिष्ट्रार कार्यालयले कम्पनीको सेयर बाँडफाँट, किनबेच, लगत व्यवस्थापन लगायतमा संशोधन गर्दै सबै काराबोर बैंकिङ प्रणालीबाट गर्नुपर्ने व्यवस्था गरेको हो।कम्पनीको भदौ १० मा बसेको बैठकले कम्पनी ऐन २०६३ को दफा १६ तथा दफा १७८ ले दिएको अधिकार प्रयोग गरी यस्तो संशोधन गरेको कम्पनी रजिष्ट्ररको कार्यालयले जनाएको छ ।प्राकृतिक व्यक्तिले १० लाख रुपैयाँभन्दा कम मूल्यको सेयर खरीद बिक्री गर्दा नगदै कारोबार गर्न सकिने छ भने बैंक स्टेटमेन्ट नभएको खण्डमा पनि अभिलेख स्वीकार गर्न सकिने कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ ।यस्तै भदौ १८ पछि स्थापना भएका कम्पनीले पहिलो वार्षिक साधारणसभा गर्नुभन्दा अगाडी अनिवार्य रुपमा सेयर बाँडफाँड गरी कबुल गरेको सेयर रकमको पुरा वा आंशिक रकम चुक्ता गरी सेयर लगत अभिलेख गराउँने र सेयर लगत प्रमाणित गरेपछि मात्र कम्पनीको अद्यावधिक लगायत प्रशासनिक काम गर्नुपर्ने कम्पनीले जनाएको छ ।कम्पनीको दर्ता, किनबेचलगायत आर्थिक कारोबार हुने व्यवस्थालाई थप विश्वासिलो बनाउन तथा बैंकिङ प्रणालीमा आबद्ध गर्दै लैजाने गरी केही प्रावधानहरू संशोधन गरिएको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ ।

कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तय..
काठमाडौं, कात्तिक १ : नेपाल विद्युत प्राधिकरणले आगामी कार्तिकदेखि भारतबाट विद्युत आपूर्ति सुनिश्चित गर्ने तया..
23 घन्टा पहिले
तिहार आजबाट सुरु
काठमाडौं, कात्तिक १ : नेपाली हिन्दुहरु दोस्रो महान चाड तिहारको यमपञ्चक आजदेखि विधिवत् रुपमा सुरु हुँदैछ। प्र..
23 घन्टा पहिले
कात्तिक ६ गते बिहान ११ः३९ बजे भाइटीकाको शुभ साइत
काठमाडौँ ,असोज ३० गते । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णयक समितिले २०८२ साल तिहार (शुभ दीपावली)का लागि विभिन्न देशह..
2 दिन पहिले
आफ्नो कार्यकाल पूर्ण रुपमा सफल भएको छ : निवर्तमान मुख्यम..
जनकपुरधाम ,असोज ३० गते । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले नवगठित जनस्वराज पार्टी हालक..
2 दिन पहिले
मधेश प्रदेशको मुख्यमन्त्री पदमा सोनल नियुक्त
जनकपुरधाम, असोज २९ गते । मधेश प्रदेशका चौथो मुख्यमन्त्री पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता जितेन..
3 दिन पहिले