
भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभा अन्र्तगत आज मालुमा क्षेत्रीय भेला सम्पन्न
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin

दिपक बस्नेत
मंसिर १५, तामाकोशी ।
भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभा अन्र्तगत आज तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा क्षेत्रीय भेला सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष श्यामकाजी कटुवालको अध्यक्षतामा भएको भेलामा मालु, सहरेका सदस्यको उपस्थिति रहेको थियो । तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालूका वडा अध्यक्ष होम बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्षको प्रतिवेदन श्यामकाजी कटुवालले गर्नुभएको थियो । भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाका सचिव सिताराम उप्रेतीले कार्यक्रम, बजेट तथा व्यवस्थापकीय बार्षिक प्रतिवेदन पस्तुत गर्नु भएको थियो भने संस्थाका कोषाध्यक्ष बालराम कार्कीले आर्थिक बर्ष २०७७-७८ को वित्तीय प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
जिल्ला समुन्वय समिती दोलखाका सदस्य गीता पोखरेलको विषेस आतिथ्यतामा भएको कार्यक्रममा नियमित बचतकर्ता राम कुमार पोखरेल र असल ऋणी सदस्य रमेश खड्कालाई सम्मान गरिएको छ । भेलालाई नेकपा समाजवादीका जिल्ला कमिटी सदस्य राजकुमार के.सी., नेपाली कांग्रेस तामाकोशी गाउँपालिका वडा नम्बर ४ वडा सभापति सन्तोष पोखरेल, नेकपा एमालेका वडा अध्यक्ष राजन पोखरेल, नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष खड्ग विक्रम खड्का, गोल्मेश्वर माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिती अध्यक्ष हरिशंकर पोखरेल , प्रधानाध्यपक सञ्जय खड्का लगाएतले सल्लाह सुझाव सहित सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नु भयो । संस्थाको अगामी २५ गते संस्थाले संचालन गरेको दाना उद्योगमा केन्द्रिय बार्षिक सधारण सभा गर्ने जनाएको छ ।

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै
जलेश्वर (महोत्तरी),भदौ १० गते । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर..
2 दिन पहिले
जनकपुरधाममा राष्ट्रिय मुक्ति पार्टी धनुषा समितिको बैठक..
जनकपुरधाम, २०८२ भदौ ९ गते ।राष्ट्रिय मुक्ति पार्टी धनुषा जिल्ला समितिको दुई दिनदेखि चलिरहेको तयारी बैठक सोमबार स..
2 दिन पहिले
मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..
जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..
3 दिन पहिले
सुटकेसभित्र महिलाको शव
रौतहट ,भदौ ८ गते । गौर नगरपालिका–९ गौर–सिर्सिया सडकखण्डअन्तर्गत मुडवला जाने बाटोमा सुटकेसभित्र एक महिलाको ..
3 दिन पहिले
प्रदिप गिरी संसारकै नभए एसियाको प्रधानमन्त्री बन्न चाह..
काठमाडौं, भदौ ७ : नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रदिप गिरी कुनै देशको सीमा र सिमाना भन्दा ठू..
4 दिन पहिले