Janakpurdham
Fri, Sep 19, 2025
`

यती एयरलाइन्सले २५ वर्ष पूरा गरेकोमा क्यानको बधाई र सम्मान, अब सर्वसाधारणलाई प्रिमियिम शेयर दिने

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं,असोज ९ गते । नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान) ले यती एयरलाइनसलाई सम्मानपत्र प्रदान गरेको छ ।सोमबार एयरलाइनसको २५औं वर्षको अवसरमा क्यानका महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पालाई बधाईसहित सम्मानपत्र हस्तान्तरण गरे ।काठमाडौंबाट लुक्लासम्म पहिलो उडान भरेको यस एयरलाइन्सको स्थापना सन् १९९८ सेप्टेम्बर २४ मा स्थापना भएको थियो । 

 

सम्मान ग्रहण गर्दै एयरलाइन्सका अध्यक्ष शेर्पाले एयरलाइन्सलाई सार्वजनिक कम्पनीको रूपमा ल्याउने लक्ष्य लिएको बताएकाछन् । उनले २५ वर्षअघि २ वटा विमानसहित एयरलाइन्स सुरू गरेको र २ वर्षपछि उनका भाइ स्वर्गीय आङ्छिरिङ शेर्पाले यसको विकासमा सहयोग गरेको मसेत बताए ।

यती एयरलाइन्सले स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा अब आईपीओमा जाने घोषणासमेत गरेको छ । एयरलायन्सका कार्यकारी अध्यक्ष सोनाम शेर्पाले सर्वसाधारणलाई प्रिमियम शेयर दिनेगरी शेयर मार्केटमा जान लागिएको बताए । यतीले एटीआर जहाज ५ वटाबाट अब १० वटा बनाउने भएको छ ।

 

`
12 comments
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन

काठमाडौं, असोज १ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ। जसनुसार परिक्ष..

22 घन्टा पहिले

Gen-Z आन्दोलन मा शहीदहरूको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्..

जनकपुरधाम, अशोज १ ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान (MISH) जनकपुरधामको प्राङ्गणमा बुधबार साँझ एक श्रद्धाञ्जली सभा..

23 घन्टा पहिले

मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..

काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..

2 दिन पहिले

कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हल..

काठमाडौं ,भदौ ३१ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले मुलुक..

2 दिन पहिले

मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..

काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..

3 दिन पहिले