Janakpurdham
Thu, Sep 18, 2025
`

जनकपुरधाममा असोज २८ गतेबाट दशैं बजार लाग्ने

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम,असोज २० गते ।  दशैं, दीपावली तथा छठ पर्वमा उपभोक्तालाई सुपथ मूल्यमा सामान उपलब्ध गराउने उद्देश्यसहित लाग्दै आएको दशैं बजार २०८० यस पटक पनि लाग्ने भएको छ । जनकपुरधामको गोपाल धर्मशालामा लाग्दै आएको बजार यस वर्ष पनि सोही ठाउँमा लाग्ने छ ।विगतमा धनुषाका प्रमुख जिल्ला अधिकारीको अगुवाइ तथा अध्यक्षतामा लाग्ने गरेको दशैं बजार यस पटक जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्षको अध्यक्षता र संयोजनमा लाग्ने छ । दशैं बजार सम्बन्धमा आज जनकपुरधाम उद्योग वाणिज्य सङ्घको सभाकक्षमा भएको बैठकबाट उक्त निर्णय भएको हो ।बजार अगामी असोज २८ गते (घटस्थापना) देखि कार्तिक ५ गते (महाअष्टमी) सम्म लाग्ने छ ।

बैठकबाट सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजार अनुगमनका साथै कानूनी प्रावधान अनुसार दशैं बजारको पनि अनुगमन गर्ने निर्णय भएको छ ।जनकपुरधाममा लाग्ने दशैं बजारमा नेपालमा उत्पादित सामाग्रीको अत्यधिक विक्री हुने गरेको छ । थोक मूल्यमा खुद्रा सामान पाइने भएकाले उपभोक्ताहरूले वर्ष भरिका लागि साबुन, चियापत्ती, अगरबत्ती, तेल, चाउचाउ सहितका खाद्यान्नका साथै प्लास्टिकका भाडा वर्तन, कपडा सहितका सामान खरिद गर्ने गर्दछन् ।उक्त बजारबाट धनुषा, महोत्तरी, सर्लाही, सिरहा तथा सीमावर्ती भारतीय क्षेत्रका जनताहरूले लाभ पाउने गरेका छन् ।

साभार : रेडियो नेपाल

`
12 comments
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन

काठमाडौं, असोज १ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ। जसनुसार परिक्ष..

6 घन्टा पहिले

Gen-Z आन्दोलन मा शहीदहरूको सम्झनामा जनकपुरधाममा श्रद्धाञ्..

जनकपुरधाम, अशोज १ ।मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान (MISH) जनकपुरधामको प्राङ्गणमा बुधबार साँझ एक श्रद्धाञ्जली सभा..

6 घन्टा पहिले

मधेशका मुख्यमन्त्रीले राजीनामा दिन अटेर गरेपछि प्रतिपक..

काठमाडौं ,भदौ ३१ गते । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई राजीना..

1 दिन पहिले

कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हल..

काठमाडौं ,भदौ ३१ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको सचिव बैठकले मुलुक..

1 दिन पहिले

मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..

काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..

2 दिन पहिले