जनकपुरधाममा असोज २८ गतेबाट दशैं बजार लाग्ने
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,असोज २० गते । दशैं, दीपावली तथा छठ पर्वमा उपभोक्तालाई सुपथ मूल्यमा सामान उपलब्ध गराउने उद्देश्यसहित लाग्दै आएको दशैं बजार २०८० यस पटक पनि लाग्ने भएको छ । जनकपुरधामको गोपाल धर्मशालामा लाग्दै आएको बजार यस वर्ष पनि सोही ठाउँमा लाग्ने छ ।विगतमा धनुषाका प्रमुख जिल्ला अधिकारीको अगुवाइ तथा अध्यक्षतामा लाग्ने गरेको दशैं बजार यस पटक जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्षको अध्यक्षता र संयोजनमा लाग्ने छ । दशैं बजार सम्बन्धमा आज जनकपुरधाम उद्योग वाणिज्य सङ्घको सभाकक्षमा भएको बैठकबाट उक्त निर्णय भएको हो ।बजार अगामी असोज २८ गते (घटस्थापना) देखि कार्तिक ५ गते (महाअष्टमी) सम्म लाग्ने छ ।

बैठकबाट सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजार अनुगमनका साथै कानूनी प्रावधान अनुसार दशैं बजारको पनि अनुगमन गर्ने निर्णय भएको छ ।जनकपुरधाममा लाग्ने दशैं बजारमा नेपालमा उत्पादित सामाग्रीको अत्यधिक विक्री हुने गरेको छ । थोक मूल्यमा खुद्रा सामान पाइने भएकाले उपभोक्ताहरूले वर्ष भरिका लागि साबुन, चियापत्ती, अगरबत्ती, तेल, चाउचाउ सहितका खाद्यान्नका साथै प्लास्टिकका भाडा वर्तन, कपडा सहितका सामान खरिद गर्ने गर्दछन् ।उक्त बजारबाट धनुषा, महोत्तरी, सर्लाही, सिरहा तथा सीमावर्ती भारतीय क्षेत्रका जनताहरूले लाभ पाउने गरेका छन् ।
साभार : रेडियो नेपाल
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
20 घन्टा पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
20 घन्टा पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
2 दिन पहिले
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..
काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आà¤..
2 दिन पहिले
कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..
काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..
2 दिन पहिले