Janakpurdham
Fri, Aug 07, 2026
`

स्थानीय तहको स्वास्थ्य नीति बनाउन ओरेक नेपाल पैरवी गर्दै

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम असोज २२ गते । अहिले सम्म स्वास्थ्य नीति बनाउन नसकेका जनकपुरधाम उपमहानगरपालिकालाई ओरेक धनुषाले सहयोग गर्ने भएको छ । सोमबार ओरेक धनुषाको आयोजनामा भएको स्वास्थ्य नीति निर्माणका लागि स्थानीय तह संगको समन्वय बैठकमा सो विषयमा छलफल भएको छ । संघीय तथा प्रदेश स्तरको स्वास्थ्य नीति निर्माण भएपनि कार्यान्वयन पक्ष फितलो भएको बेला जनकपुरधाम उपमहानगरपालिकामा बन्न लागेको स्थास्थ्य नीतिमा ओरेक धनुषाले सहयोग गर्ने जिल्ला संयोजक श्रजना अर्यालले जानकारी दिनुभयो । उक्त बैठकको उद्देश्य स्थानीय स्तरमा स्वास्थ्य नीतिको आवश्यक्ता माथि छलफल गरी स्थानीय तहमा स्वास्थ्य नीति निर्माणका लागि पैरवी र सहयोग गर्ने गरेको थियो । बैठकमा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नविन कुमार मिश्रले पालिकाले बनाउन लागेको स्वास्थ्य नीतिमा सहयोग गर्ने ओरेक धनुषालाई आग्रह गर्नुभएको थियो । जनकपुरधाममा स्वास्थ्य नीति नबनेको कारणले यहाँको स्वास्थ्य संस्थाहरुमा बिकृति मौलाएको बताउनु भयो । स्थानीय स्वास्थ्य नीतिमा पालिकास्तरमा मनोपरामर्श केन्द्र तथा वडा र विद्यालय स्तरमा मनोपरामर्शकर्ताको हुनुपर्ने छ । उक्त स्वास्थ्य नीति महिला, बालवालिका तथा जेष्ठ नागरिक सेवा सुबिधा हुनुपर्ने, स्वास्थ्य संघ संस्थाहरु म्हिलामैत्रि हुनुपर्ने, स्वास्थ्य नीति निर्माण गर्दा बृहत्तर यौनिक शिक्षालाई पनि जोड दिनुपर्ने ओरेक धनुषाका प्रमुख श्रृजना अर्यालले जानकारी दिनुभयो । उक्त बैठकमा प्रदेश सरकारले निर्धारण गरेको स्वास्थ्य नीति अनुरुप स्थानीय तहको स्वास्थ्य निर्देशिकाको अवलम्बनको पक्ष , पालिकाले मानसिक स्वास्थ्य सम्बन्धी लिएको गम्भिरता, पालिकाले संचालन गरेको हरेक स्वास्थ्य सेवा प्रदायक निमायमा मनोपरामर्शकर्ता छ की छैन लगायतका विषयमा बैठकमा छलफल भएको प्रमुख अर्यालले जानकारी दिनुभयो ।

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

15 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

15 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

2 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

2 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

3 दिन पहिले