
स्थानीय तहको स्वास्थ्य नीति बनाउन ओरेक नेपाल पैरवी गर्दै
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम असोज २२ गते । अहिले सम्म स्वास्थ्य नीति बनाउन नसकेका जनकपुरधाम उपमहानगरपालिकालाई ओरेक धनुषाले सहयोग गर्ने भएको छ । सोमबार ओरेक धनुषाको आयोजनामा भएको स्वास्थ्य नीति निर्माणका लागि स्थानीय तह संगको समन्वय बैठकमा सो विषयमा छलफल भएको छ । संघीय तथा प्रदेश स्तरको स्वास्थ्य नीति निर्माण भएपनि कार्यान्वयन पक्ष फितलो भएको बेला जनकपुरधाम उपमहानगरपालिकामा बन्न लागेको स्थास्थ्य नीतिमा ओरेक धनुषाले सहयोग गर्ने जिल्ला संयोजक श्रजना अर्यालले जानकारी दिनुभयो । उक्त बैठकको उद्देश्य स्थानीय स्तरमा स्वास्थ्य नीतिको आवश्यक्ता माथि छलफल गरी स्थानीय तहमा स्वास्थ्य नीति निर्माणका लागि पैरवी र सहयोग गर्ने गरेको थियो । बैठकमा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नविन कुमार मिश्रले पालिकाले बनाउन लागेको स्वास्थ्य नीतिमा सहयोग गर्ने ओरेक धनुषालाई आग्रह गर्नुभएको थियो । जनकपुरधाममा स्वास्थ्य नीति नबनेको कारणले यहाँको स्वास्थ्य संस्थाहरुमा बिकृति मौलाएको बताउनु भयो । स्थानीय स्वास्थ्य नीतिमा पालिकास्तरमा मनोपरामर्श केन्द्र तथा वडा र विद्यालय स्तरमा मनोपरामर्शकर्ताको हुनुपर्ने छ । उक्त स्वास्थ्य नीति महिला, बालवालिका तथा जेष्ठ नागरिक सेवा सुबिधा हुनुपर्ने, स्वास्थ्य संघ संस्थाहरु म्हिलामैत्रि हुनुपर्ने, स्वास्थ्य नीति निर्माण गर्दा बृहत्तर यौनिक शिक्षालाई पनि जोड दिनुपर्ने ओरेक धनुषाका प्रमुख श्रृजना अर्यालले जानकारी दिनुभयो । उक्त बैठकमा प्रदेश सरकारले निर्धारण गरेको स्वास्थ्य नीति अनुरुप स्थानीय तहको स्वास्थ्य निर्देशिकाको अवलम्बनको पक्ष , पालिकाले मानसिक स्वास्थ्य सम्बन्धी लिएको गम्भिरता, पालिकाले संचालन गरेको हरेक स्वास्थ्य सेवा प्रदायक निमायमा मनोपरामर्शकर्ता छ की छैन लगायतका विषयमा बैठकमा छलफल भएको प्रमुख अर्यालले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
1 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
1 दिन पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
3 दिन पहिले
मधेश प्रदेश लोक सेवा आयोगको दोहोरो नीतिले वढुवामा समस्य..
जनकपुरधाम, श्रावण २९ गते । मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामको दोहोरो नीतिका कारणले दशौ तह (उपसचिवस्तर)का कर्मच..
3 दिन पहिले
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानम..
काठमाडौं, साउन २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त..
4 दिन पहिले