Janakpurdham
Mon, Sep 08, 2025
`

इजरायलमा रहेका नेपाली सुरक्षित स्थानमा, नआत्तिन आग्रह (भिडियो)

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,असोज २४ गते ।  इजरायल र हमासबीच युद्ध जारी छ। सो युद्धमा परी दश जना नेपालीले समेत ज्यान गुमाएका छन् भने केही नेपाली घाइते भएका छन्। अहिले घाइतेलाई अस्पताल भर्ना गरिएको र प्रभावित क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा लगिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।यसैबीच इजरायलको पछिल्लो अवस्थाका विषयमा डिसी नेपालले प्रत्यक्ष जानकारी दिने कोशिस गरेको छ। मंगलबार इजरायलबाट एनआरएन इजरायलका पूर्व अध्यक्ष एवं समाजसेवी दीपक ओलीसँग प्रत्यक्ष सम्वाद गरि त्यहाँको वस्तुस्थितिका विषयमा जानकारी लिइएको छ।हमासले आक्रमण गरेको दिन इजरायलका विशेष चाड मनाइरहेका बेला हमासले अन्धाधुन्ध आक्रमण गरेको ओलीले बताए। हमासका लडाकु समूहले सिमानालाई डोजेरले फोडेर र केही बेलुनबाट उडेर आएर आक्रमण गर्दा करिव सात सय जनाको मृत्यु भएको बताए। उनले दश जना नेपाली विद्यार्थीको पनि त्यही आक्रमणमा मृत्यु भएको बताए।सिमाना फोडेर इजरायल प्रवेश गरेका हमासका लडाकुले बंकरभित्र पसेर अन्धाधुन्ध गोली प्रहार गर्दा दश जना नेपालीको मृत्यु भएको बताए।
नेपालबाट भर्खर इजरायल आएका नेपाली विद्यार्थीलाई यो घटना सपना जस्तो भएको बताए। उनले अहिले इजरायलमा रहेका नेपालीहरु सुरक्षित रहेको र नआत्तिन आग्रह गरेका छन्।

उनले समाजिक सञ्जालमा देखाएजस्तो ठूला भवनमा क्षति भएको र आगजनी भएको भिडियो अहिले इजरायलको नभएको बताए। अहिले इजरायलको अवस्था सामान्य बन्दै गएको पनि उनले बताए।उनले इजरायलको प्रत्येक घरमा बंकर हुने गरेको भन्दै आक्रमणको पूर्वसन्ध्यामा साइरन बज्ने र साइरन बजेपछि सबै जना बंकरभित्र लुक्न सकिने भन्दै नआत्तिन आग्रह गरेका छन्।

 साभार : डिसी नेपाल

`
12 comments
काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने

काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..

12 मिनट पहिले

ऋषि तर्पणीवाट सोह्र श्राद्ध शुरु, गंगासागरमा तर्पण गर्न..

जनकपुरधाम ,भदौ २२ गते । प्रत्येक वर्ष भदौ महिनाको कृष्णपक्ष प्रतिपदा तिथिबाट शुरु हुने सोह्र श्राद्ध शुरु हुनु ..

14 मिनट पहिले

सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..

काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..

23 घन्टा पहिले

जागौं देशवासी! भ्रष्टाचार र छलकपटबाट मुक्ति लिऔं!

–डा. राजीव झा, उपाध्यक्ष, राष्ट्रिय मुक्ति पार्टीनेपालमा अहिले देखिएको राजनीतिक संकट नयाँ होइन। दशकौंयता कांग्..

23 घन्टा पहिले

आलोचना सहन नसकेर इगोका कारण सरकारले सामाजिक सञ्जाल बन्द ..

काठमाडौं, भदौ २१ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा प्रवक्ता मनिष झाले सामाजिक सन्जालमा भएको आलोचना सहन न..

24 घन्टा पहिले