Janakpurdham
Tue, Apr 14, 2026
`

कृषि विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ पढाइ हुने

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

चितवन, माघ २० : कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि इञ्जिनियरिङको पढाइ हुने भएको छ। विश्वविद्यालयले आउँदो शैक्षिकसत्रबाट कृषि इञ्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको छ।

विश्वविद्यालयको कृषि सङ्कायका डिन प्रा डा अर्जुनकुमार श्रेष्ठकाअनुसार विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा ४८ जना कृषि इञ्जिनियरिङ पढाइका लागि अनुमति लिइनेछ। सुरुको वर्ष २४ जनाबाट पढाइ सुरु गर्ने उनले बताए। डिन श्रेष्ठकाअनुसार भारतलगायत देशमा अधिकांश कृषि पठनपाठन हुने विश्वविद्यालयमा कृषि इञ्जिनियरिङको पढाइ हुने गरेको छ।

धरानको पूर्वाञ्चल इञ्जिनियरिङ कलेजमा मात्रै यो विषयको पढाइ हुँदै आएको छ। यस विषयको अध्ययनसँगै कृषिमा यान्त्रीकरण गरी उत्पादकत्व बढाउन मद्दत पुग्ने विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यप्रसाद रेग्मीले बताए। उनले भने, 'देशको मेरुदण्डका रुपमा रहेको कृषिको सर्वाङ्गीण विकास गर्न र कृषिको आधुनिकीकरण एवं यान्त्रिकीकरण गर्दै ग्रामीण समुदायको सामाजिक तथा आर्थिकस्तर उठाउन यो विषय महत्वपूर्ण हुनेछ।'

कृषि, वन, पशु विज्ञान र मत्स्य स्नातक पढाइ हुँदै आएको यस विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ थप हुने भएको हो। सम्बन्धित विषयको एकीकृतरुपले अध्ययन, अध्यापन, अनुसन्धान र प्रसार गराइ मुलुकभित्रै उच्चस्तरको प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्य विश्वविद्यालयको रहेको उनले बताए। हालै सम्पन्न विश्वविद्यालय सभाको १२औँ साधारण बैठकले आउँदो शैक्षिकसत्रबाट कृषि इञ्जिनियरिङ कलेज स्थापना गर्ने निर्णय गरेको हो।

साभार : काठमाडौं प्रेस

`
12 comments
जारी पिएम कपमा एपीएफका शेखद्वारा दोहरो शतक प्रहार

जनकपुरधाम, चैत्र ३० गते । जारी प्रधानमन्त्री एक दिवसीय क्रिकेट प्रतियोगितामा एपिएफका खेलाडी आशिफ शेखले दोहोरो श..

19 घन्टा पहिले

राष्ट्रिय सभाका सदस्य रञ्जित कर्णद्वारा सुशासन र सरकार..

काठमाडौँ, चैत ३० गते ।  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्य एवं राष्ट्रिय सभाका सांसद रञ्जित क..

21 घन्टा पहिले

भारतीय संगीतकी हस्ती आशा भोसलेको निधन

काठमाडौं, चैत २९ : भारतीय संगीत जगतकी सुप्रसिद्ध र बहुमुखी प्रतिभाकी धनी पाश्र्व गायिका आशा भोसलेको ९२ वर्षको उमे..

1 दिन पहिले

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

धादिङ, चैत, २९ : सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। न..

1 दिन पहिले

मधेशका ६ कारागारमा क्षमता बन्दा बढी कैदी बन्दी 

जनकपुरधाम , चैत्र २८ गते । मधेश प्रदेशका ६ जिल्लामा रहेका कारागारहरूमा आवश्यकता भन्दा बढी कैदी बन्दी भएका कारणले ..

3 दिन पहिले